नेपाली सेनाको ध्यानाकर्षण

१. मिति २०६९ माघ ५ गतेको The Kathmandu Post दैनिक पत्रिकाको अङ्क ३२९ मा दिपेन्द्र झाद्वारा "Plain soldiers" शीर्षक अन्तर्गत प्रकाशित "The hill-dominated Nepal Army's recruitment policy is designed to keep out Madhesis" लेख प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । २. लेखकको विचार बमोजिम कुनै एक जाति बिशेषलाई मात्र छुट्टै परिक्षाको व्यवस्था गरी भर्ना लिन नियमसंगत नहुने देखिन्छ । सैनिक ऐन र लोक सेवा आयोगले निर्देश गरे अनुरुपको व्यवस्था अनुसार नेपाली सेनाको भर्ना प्रणाली पूर्ण प्रतिस्पर्धात्मक र पारदर्शी रहेको छ । ३. नेपाली सेनाको भर्ना प्रक्रिया पूर्णतया बैज्ञानिक हुनुको साथै भारत, पाकिस्तान, बेलायत लगायत अन्य मित्रराष्ट्रहरुले पनि यस्तै प्रक्रिया अपनाउंदै आएको समेत अवगत गराईन्छ । तसर्थ विषयबस्तुको गहिरो अध्ययनविना प्रस्तुत भएको यस लेखबाट आम पाठक समुहमा भ्रम र्सिजना गर्ने हुंदा भविष्यमा यस प्रकारका लेखहरु सच्चिएर आउने आशा समेत व्यक्त गर्दछौं ।