चिनियाँ राजदुतद्वारा प्रधानसेनापति संग बिदाई भेट

१. आज मिति २०६९ माघ १८ गते चिनियाँ महामहिम राजदुत श्री Yang Houlan ले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग जंगी अड्डामा बिदाई भेट गर्नुभएको छ । २. बिदाई भेटको अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले महामहिम राजदुत Yang को कार्यकालमा नेपाली सेनाले चीनबाट महत्वपुर्ण सहयोग प्राप्त गरेको र दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध प्रगाढ तुल्याउन वहांले पुरयाउनु भएको योगदान प्रति कृतज्ञता ज्ञापन गर्नुको साथै आगामी दिनहरुमा पनि यस्ता मित्रवत् सम्बन्ध र सहयोगहरु सुदृढ हुंदै जाने विश्वास व्यक्त गर्नु भएको थियो ।