Table Top Exercise को शुभारम्भ

१. आज मिति २०६९ माघ २२ गते नेपाली सेना र मित्रराष्ट्र अमेरिकाको Marine Force Pacific (MARFOPAC) Joint Task Force 505 (JTF505) को संयुक्त संयोजकत्वमा आयोजित Humanitarian Assistance and Disaster Response (HA/DR) Table Top Exercise को शुभारम्भ व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री पवन बहादुर पाण्डेले गर्नुभएको छ । २. भुकम्प तथा अन्य प्राकृतिक विपद्को दृष्टिकोणले अति संवेदनशिल मानिएको नेपाल र विशेष गरी राजधानी काठमाण्डौमा ठुलो स्तरको विपद् आएमा यथासिघ्र मानविय उद्धार तथा राहत कार्यको लागि मित्र राष्ट्रहरुबाट प्राप्त हुने सैनिक सहयोगलाई प्रभावकारी ढंगबाट समन्वय तथा परिचालन गर्ने उद्देश्यले यो अन्तरक्रियात्मक अभ्यासको आयोजना गरिएको हो । उक्त टेवलटप अभ्यासबाट प्राकृतिक विपद्मा छिटो समयभित्र गरिने उद्धार कार्य तथा जिउधनको न्युनतम क्षतीको लागि अपनाउने कार्यविधिको अध्ययन गर्नका साथै क्षमता अभिबृद्धि गर्न मद्दत मिल्ने देखिन्छ । ३. काठमाण्डौ स्थित होटल रयाडिसनमा यही माघ २२ गतेदेखि ऐ.२६ गते सम्म संचालन हुने उक्त अभ्यासमा नेपाली सेना, अमेरिकी सेनाका साथै विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, अमेरिकी राजदुतावासका कर्मचारीहरु, संयुक्त राष्ट्रसंघिय निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरु र मानविय निकायका प्रतिनिधिहरु सहित जम्मा ११२ जना सहभागि रहेका छन् । ४. समारोहमा नेपाल सरकारका रक्षा तथा गृह मन्त्रालयका सह सचिवहरुको समेत उपस्थिती रहेको थियो ।