Table Top Exercise को समापन

१. नेपाली सेना र मित्रराष्ट्र अमेरिकाको Marine Force Pacific (MARFOPAC) Joint Task Force 505 (JTF505) को संयुक्त आयोजनामा मिति २०६९ माघ २२ गतेबाट काठमाण्डौ स्थित होटल याडिसनमा आयोजित Humanitarian Assistance and Disaster Response (HA/DR) Table Top Exercise को आज मिति २०६९ माघ २६ गते एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथी बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले समापन गर्नुभएको छ । २. समापन कार्यक्रममा बलाधिकृत रथी श्री चन्दले अभ्यास सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दै यस प्रकारका आपसी अभ्यासबाट भविष्यमा आईपर्न सक्ने प्राकृतिक विपद्को दौरान मानवीय सहयोगको लागि योजना तर्जुमा तथा कार्यान्वयन गरी विपद्बाट सिर्जित मानवीय क्षती तथा पिडालाई कम गर्न विशेष भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको कुरा उल्लेख गर्नु भएको थियो । उहांले विपद्को समयमा बहुआयामिक र बहुराष्ट्रिय सहयोगको महत्वको चर्चा गर्नुको साथै नेपाली सेनाले विपद्को समयमा सदैव प्रमुख भुमिका खेल्दै आएको समेत बताउनु भएको थियो । ३. सो अवसरमा नेपालका लागि अमेरिकी महामहिम राजदुतPeter W Bodde, रक्षा मन्त्रालयका सह सचिव देवेन्द्र प्रसाद सिटौला, गृह मन्त्रालयका सह सचिव लक्ष्मी प्रसाद ढकाल तथा Marine Force Pacific का तर्फबाट Col John A. Ostrowski ले आ आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । ४. समारोहमा काठमाण्डौ स्थित विदेशी सहायक सैनिक सहचारीहरु लगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।