प्रधानसेनापति र US Army Alaska का कमाण्डीङ्ग जनरलबीच शिष्टाचार भेट

१. आज मिति २०६९ माघ २८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग US Army Alaska का कमाण्डीङ्ग जनरल Major General Michael Garrett ले जंगी अड्डामा शिष्टाचार भेट गर्नु भएको छ । २. सोही अवसरमा Major General Michael Garrett ले श्री बलाधिकृत रथी, श्री व्यवस्था तथा युद्धकार्य महानिर्देशक र श्री सैनिक विनय महानिर्देशकसंग समेत जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ । ३. भ्रमण अवधिभर Major General Michael Garrett बाट नगरकोटस्थित सैनिक शिक्षालय र मध्य एयर बेशको भ्रमण गर्ने कार्यक्रम छ । ४. यही माग २७ गते नेपाल भ्रमणमा आएको उक्त टोली फाल्गनु १ गते फिर्ता हुने कार्यक्रम रहेको छ । US Army Alaska का कमाण्डीङ्ग जनरल Major General Michael Garrett को नेतृत्वमा ५ सदस्यीय टोली रहेको छ ।