“मेला प्रदर्शनी २०६९” को समुद्घाटन

१. १०३ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा श्री सैनिक श्रीमती संघद्वारा जंगी अड्डा परिसरमा आयोजित “मेला प्रदर्शनी २०६९” को नेपालका लागि थाईल्याण्डका महामहिम राजदुत Mrs. Kanthong Unakul आज मिति २०६९ फाल्गुन ३ गते एक समारोहका बीच समुद्घाटन गर्नुभयो । २. उक्त समारोहमा मेला उप समिति सल्लाहकार श्रीमती अनिता बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु हुंदै संघले आफ्नो स्थापनाकालदेखि नै सैनिक परिवार तथा सेनामा कार्यरत महिलाहरुको बृहत्तर क्षमता विकाशका कार्यक्रम तथा स्थानिय तथा राष्ट्रिय स्तरमा विभिन्न स्वयंसेवी कार्यहरु समेत संचालन गर्दै आईरहेको बताउनु भएको थियो । ३. आजबाट यही ६ गतेसम्म सञ्चालन हुने उक्त मेला प्रदर्शनीमा ीLiveMusic Concert, Disco, Fashion Show, ट्याङ्क तथा हेलिकप्टर प्रदर्शन, सैनिक कुकुरहरुबाट कलात्मक प्रदर्शन, विभिन्न मनोरञ्जनात्मक खेलकुद, स्थानिय उत्पादनका विभिन्न सामग्रीहरुको प्रदर्शनी तथा बिक्री लगायत निजी संस्थाहरुको समेत स्टलहरु राखिएका छन् । ४. उद्घाटन समारोहमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा., पूर्व प्रधानसेनापतिहरु, रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महिला संघका पदाधिकारीहरु लगायत लब्धप्रतिष्ठित महिला, सैनिक अधिकृत तथा सकल दर्जाहरुको समेत उपस्थिति रहेको थियो ।