सि.सं.१९ कमाण्ड तथा स्टाफ तालिमको दिक्षान्त समारोह सम्पन्न

१. आज मिति २०६९ फाल्गुन ९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित समारोहमा सि.सं.१९ कमाण्ड तथा स्टाफ कलेज तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । २. उक्त तालिममा नेपाली सेनाका सेनानीहरु ३० जना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बलका नायव उपरिक्षकहरु १/१ जना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना सहभागी हुनुहुन्थ्यो । मित्र राष्ट्र बंगलादेश, भारत, मलेशिया, पाकिस्तान, श्रीलंका, अमेरिका, दक्षिण कोरियाबाट १/१ र चीनबाट २ जना गरि जम्मा बिदेशी शिक्षार्थीहरु ९ जना गरी कुल ४२ जना शिक्षार्थी अधिकृतहरु दिक्षित हुनु भएको छ । ३. उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme मा ४१ जना शिक्षार्थीहरु उत्तीर्ण हुनु भएको छ । तालिम तर्फ नेपाली सेनाका सेनानी नारायण बहादुर थापा प्रथम हुनु भएको छ । यसै सिलसिलामा MSS को अध्ययनमा मित्रराष्ट्र भारतका मेजर पुनित प्रताप सिंह टोमार प्रथम हुनु भएको छ भने, MSS को अध्ययनमा आवश्यक पर्ने Thesis Work अर्थात Commandant's Paper तर्फ शसस्त्र प्रहरी बलका नायव उपरिक्षक विष्णु प्रसाद भट्ट प्रथम हुनु भएको छ । ४. उक्त दिक्षान्त समारोहमा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनु हुने नेपाली सेनाका सेनानी नारायण बहादुर थापालाई "PSC" (Pass Staff College) प्रमाण-पत्र तथा “उत्कृष्ट शिक्षार्थी पुरस्कार” (Best Student Award) प्रदान गर्नु हुदै दिक्षित हुनु भएका ४२ जना शिक्षार्थी अधिकृतहरुलाई PSC प्रमाण(पत्र वितरण गर्नु भएको थियो । यसै गरि त्रिभुवन विश्व विद्यालयका निमित्त उपकुलपति प्राध्यापक गुणनीधि न्यौपानेले MSS Programme तर्फ सर्वप्रथम हुनु हुने शिक्षार्थी सहित ४१ जना उत्तीर्ण स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कलेजका शिक्षाधिकृत उपरथी श्री रमेश विष्टले सोधपत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो । ५. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले समारोहलाई सम्वोधन गर्ने क्रममा शिक्षार्थीहरुको निमित्त आजको दिन १ बर्षको अथक परिश्रम र मेहनतको अन्तिम क्षण रहेको स्मरण गर्दे तालिम सफलता पुर्वक सम्पन्न गरेका सम्पुर्ण शिक्षार्थी अधिकृतहरुलाई बधाई दिनु हुदैं प्रत्यक्ष वा परोक्ष रुपमा तालिममा सहयोग पु¥याउनु हुने सम्बन्धित मन्त्रालय, आमन्त्रित विशिष्ट बक्ताहरु, परिवारजन लगायत कमाण्ड तथा स्टाफ कलेजलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । ६. उक्त समारोहमा प्रधानसेनापति श्री राणाले आफ्नो पेशागत मर्यादाको सिमामा रही वर्तमान सामरिक वातावरण र चुनौतिहरुलाई स्मरण गर्न र त्यसको व्यवस्थापनमा सेनाले निर्वाह गर्ने भुमिकालाई विशेषतः मध्यम तहका सैनिक अधिकृतहरुले बुझ्न, परिवर्तन हुन र रुपान्तरण हुन आवश्यक रहेको कुरा स्मरण गराउनु भयो । साथै, एक पेशेवर सैनिकले असमानताको द्धन्द्ध, विपरित दर्शन बीचको द्धन्द्ध, आन्तरिक द्धन्द्ध, बैदेशिक शक्तिबाट प्रायोजित आन्तरिक द्धन्द्ध र उपमहादेशीय द्धन्द्ध वा छदम युद्ध जस्ता वर्तमान सामरिक चुनौतिहरुलाई मनन् गर्दै भविष्यमा यस प्रकृतिका हिंसाजन्य संघर्ष र त्यसबाट उत्पन्न हुने संगिन सुरक्षा चुनौति र युद्धलाई समेत बुझ्न र छुट्याउन सक्नु पर्ने बताउनु भएको थियो । ७. प्रधानसेनापति श्री राणाले सेना राष्ट्रको अन्तिम विकल्पको रुपमा रहेको राष्ट्रिय शक्ति हो र सेनाले राष्ट्रिय समस्याको समाधानको लागि सकारात्मक महत्वपुर्ण भुमिका खेल्न सक्छ, तर राजनीतिक शुन्यतामा सेना कहिलेपनि परिचालित नहुने हुँदा सेना, सरकार र जनताबीच सदैव सुमधुर सम्बन्ध हुनुपर्दछ र नभएमा राष्ट्रिय सुरक्षामा नै आंच आउन सक्ने बताउनु भएको छ । ८. सम्वोधनकै क्रममा प्रधानसेनापति श्री राणाले आज हाम्रो राष्ट्र राजनीतिक, सामाजिक, आर्थिक तथा मनोबैज्ञानिक परिवर्तनको कठिन अवस्थाबाट गुज्रिरहेको छ । नेपालीहरु जसले देशमा परिवर्तन देखिरहेका छन्, उनीहरुका लागि यस संक्रमणकालिन अवस्था लम्बिए पनि अन्तमा एउटा ठोस निष्कर्षमा पुग्न चाहेका छन् । यो निष्कर्षमा पुग्न हामीलाई अझैं समय, धैर्यता, शहनशिलता, लगनशिलता र आन्तरिक समझदारीकै आवश्यकता रहेको बताउनु भएको थियो । ९. प्रधानसेनापति श्री राणाले राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रको बद्लिंदो परिस्थितीले गर्दा जनता तथा सरकारले अपेक्षा गरेको कुरालाई हामीले पुरा गर्न सक्नु पर्दछ र यसैलाई मध्यनजर राखी नेपाली सेनाले आफुलाई रुपान्तरण गर्नको लागि १० वर्षे कार्ययोजना तयार गरेको, जसको पुर्ण कार्यान्वयनबाट अनुशासित, दक्ष, सान्दर्भिक सैन्य बलको विकास गर्दै लगेर प्रजातान्त्रिक मुल्य र मान्यता, मानव अधिकार, सामाजिक न्याय, विविधताको सम्मान, पारदर्र्शी, जवाफदेही तथा राष्ट्रिय एकताको रक्षकको रुपमा रहनु पर्ने कुरामा जोड दिनु भएको थियो । १०. साथै वर्तमान सैनिक संरचना परम्परागत सुरक्षा र द्वन्दसंग सम्बन्धित रहेको देखिन्छ । आफ्नो मुल्य र मान्यता, शक्ति र परम्परामा आँच नआउने गरी नयां चुनौतिहरुलाई सम्बोधन गर्ने नयाँ संस्थागत संरचनाले बद्लिंदो प्राथमिकता, मुख्य आवश्यकता, दक्ष कमाण्ड तथा स्टाफको संरचनालाई स्थापित गर्दछ । भविष्यमा आई पर्न सक्ने चुनौतिहरुलाई सक्षम सबल र प्रभावकारी तवरले पार गर्न योजना पारदर्शी र यथार्थपरक हुनको लागि उचित तालिम, सहि सामाग्रीको प्राप्ती तथा योग्य र दक्ष नेतृत्वको आवश्यकतालाई स्मरण गराउनु भएको थियो । ११. प्रधानसेनापति श्री राणाले नेपाली सेनाले हालसालै कार्य सम्पादन तथा बैज्ञानिक प्रणालीमा आधारित पदोन्नतिलाई सेनाको नेतृत्व चयनको मुख्य सिद्धान्तको रुपमा लागु गरेको र यो नयांँ नीतिले उच्च किसिमको व्यवसायिकता, नैतिक कार्य सम्पादन तथा लगनशिलताको अपेक्षा गरेको अवगत गराउँदै यस नीतिले पदोन्नतीको गाठो मात्र नफुकाई उच्च नेतृत्व क्षमता भएका व्यक्तिहरुलाई पनि फाईदा पु¥याउने बताउनु भएको छ । १२. प्रधानसेनापति श्री राणाले सैनिक डक्ट्रिनको पुनरावलोकन, सेनाको समग्र दर्जाको शिक्षा पद्धतिलाई शशक्तिकरण गर्ने कार्य पनि प्रकृयामा रहेको र अन्य दर्जाको तालिम केन्द्रहरुको स्थापनाको लागि आवश्यक अध्ययन समेत भईरहेको जानकारी गराउनु भएको थियो । १३. प्रधानसेनापति श्री राणाले सम्बोधनको अन्त्यमा तािलममा सरिक भएका मित्रराष्ट्रहरुका शिक्षार्र्थी तथा अन्य सुरक्षा निकायका अधिकृतहरुको विविधता, व्यवसायिकता र ताजा विचारले बहु सांस्कृतिक परिवेशमा काम गर्ने अवस्थाको श्रृजना गरेको र सैद्धान्तिक पक्ष बाहेक हाम्रा सैन्य संगठनहरु र मुलुकहरुबीचको सम्बन्धलाई पनि प्रगाढ पार्न समेत यस कोर्शको दौरान रहेको आपसी मित्रता र पारिवारिक सम्बन्ध भविष्यमा पनि कायम रही जिवनपर्यन्त निरन्तर चलिरहनेमा आफु पुर्ण आशावादी रहेको बताउनु भएको थियो । १४. उक्त कार्यक्रममा रक्षा सचिव,त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति, बरिष्ठ प्राध्यापकहरु, विदेशी महामहिम राजदुतहरु, विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अवकाश प्राप्त तथा सेवारत रथीबृन्दहरु, स्टाफ कलेजका भुतपुर्व कमाण्डाण्टहरु, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरुका साथै शिक्षार्थी अधिकृतका परिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।