नेपाली सैनिक प्रतिष्ठानमा सम्माननीय प्रधानमन्त्रीज्यूको निरिक्षण भ्रमण

१. आज मिति २०६९ फाल्गुन १५ गते नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री डा. श्री बाबुराम भट्टराईबाट निरिक्षण भ्रमण सम्पन्न भएको छ । उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य दिनु भएको थियो । २. उक्त निरिक्षण कार्यक्रमको अवसरमा अर्थमन्त्री श्री वर्षमान पुन, रक्षा सचिव श्री तिलकराम शर्मा, नेपाली सेनाका बलाधिकृत रथी लगायत अन्य रथीबृन्द तथा सेनानी समुहको समुपस्थिति रहेको थियो । ३. नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी श्री बिनोज बस्न्यातले प्रतिष्ठानको सांगठनिक संरचना, अधिकृत क्याडेटले पालना गर्नु पर्ने आचारसंहिता, सैनिक तथा शैक्षिक पाठ्यक्रम सम्बन्धि जानकारी, सैनिक नेतृत्व विकाश गर्ने विधि, चरित्र विकाश, व्यवस्थापकिय कलाको विकाश, संचार तथा प्रविधि, अधिकृत क्याडेट समायोजन आधार तालिम र प्रतिष्ठानको भौतिक अवस्था एवं अन्य विविध पक्षबारे जानकारी गराउनु भएको थियो । ४. उक्त निरिक्षण कार्यक्रमको दौरान सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूबाट तालिमका भौतिक संरचनाहरुको अवलोकन गर्नुका साथै अधिकृत क्याडेट समायोजन आधार तालिमका सहभागीहरुको बासस्थान र तालिमका विविध गतिविधीहरु एवं तालिमको प्रगतीबारे समेत जानकारी लिनु भएको थियो ।