“महा शिवरात्री तथा सेना दिवस २०६९” को उपलक्ष्यमा आयोजना हुने सैनिक समारोहमा भारतीय पूर्व स्थल सेनाध्यक्षहरुको सहभागिता

१. “महा शिवरात्री तथा सेना दिवस २०६९” को उपलक्ष्यमा आयोजना हुने सैनिक समारोहमा सहभागी हुन नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित हुनु भएका मित्रराष्ट्र भारतका अवकाश प्राप्त भारतीय पूर्व स्थल सेनाध्यक्ष जनरल श्री Shankar Roychowdhury आज मिति २०६९ फाल्गुन २४ गते काठमाण्डौ आउनु भएको छ । जनरल श्री Shankar Roychowdhury लाई नेपाली सेनाका कार्यरथी उपरथी श्री महेश विक्रम कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो । २. यसै क्रममा भोलि मिति २०६९ फाल्गुन २५ गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित हुनु भएका मित्रराष्ट्र भारतका अवकाश प्राप्त भारतीय पूर्व स्थल सेनाध्यक्षहरु जनरल श्री Sunith Francis Rodrigues र जनरल श्री Deepak Kapoor काठमाण्डौ आउनु हुने कार्यक्रम रहेको छ । ३. जनरल श्री Sunith Francis Rodrigues मिति २०४८ फाल्गुन ३० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित हुनु भएको थियो भने जनरल श्री Shankar Roychowdhury मिति २०५२ जेष्ठ २५ गते र जनरल श्री Deepak Kapoor मिति २०६६ माघ ७ ते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित हुनु भएको थियो । ४. मित्रराष्ट्र भारतका अवकाश प्राप्त भारतीय पूर्व स्थल सेनाध्यक्षहरु सेना दिवसको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरुमा सहभागी हुनुको साथै विभिन्न पुरातात्विक तथा धार्मिक महत्वका स्थानहरुको भ्रमण र मिति २०६९ फाल्गुन २८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भेट गर्ने कार्यक्रम रहेको छ । ५. मित्रराष्ट्र भारतका अवकाश प्राप्त भारतीय पूर्व स्थल सेनाध्यक्षहरुको मिति २०६९ फाल्गुन २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।