“महा शिवरात्री तथा सेना दिवस २०६९” भब्यताका साथ सम्पन्न

१. आज मिति २०६९ फाल्गुन २७ गते टुँडिखेल स्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ “महा शिवरात्री तथा सेना दिवस २०६९” नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवज्यूको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भएको छ । २. सेना दिवसको पावन अवसरमा सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवज्यूले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । सम्माननीय राष्ट्रपतिबाट कवाज निरिक्षण र नेपाली सेनाका २५० वर्ष पुरा गरेका श्री श्रीनाथ गण, श्री कालिबक्स गण (ई), श्री पुरानो गोरख गण, श्री बर्दबहादुर गण र श्री सबुज गणलाई कदरपत्र प्रदान गर्नु भएको थियो । ३. उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयले हेलिकप्टरबाट सेना दिवसको व्यानर प्रदर्शन, पृतनाहरुले सो क्षेत्रको सांस्कृति र भेषभुषा झल्कको झांकीहरु प्रदर्शन, गण, गुल्म र महिला अधिकृतहरुबाट मार्च पास्ट कवाज प्रदर्शन, प्यारा तालिम शिक्षालयका अधिकृत तथा जवानहरुले हवाईजहाजबाट फ्रि-फल एवं राष्ट्रसंघमा शान्ति स्थापनार्थ सहभागी हुने फौज, राष्ट्रिय सेवा दलका छात्र छात्राहरु तथा नेपाल क्याभलरीबाट कवाज प्रदर्शन गरिएको थियो । ४. उक्त कार्यक्रमको दौरान विशेष फौजद्धारा युद्धकलाका विशेष कर्तलहरु, नेपाली सेना संग भएका शान्ति सेना, विकास निर्माण, प्रकृति संरक्षण तथा अन्य कार्य सम्पादनका लागि प्रयोगमा आउने हतियार तथा ईक्युपमेण्टहरु प्रदर्शन गर्नुका साथै राईफल तथा तोपबाट बढाँई गरिएको थियो । ५. उक्त अवसरमा डग शो, पाहुनाखेल, सैनिक ब्याण्डद्धारा सांगितिक कार्यक्रम र अन्त्यमा हवाई फर्मेशनको प्रदर्शन समेत गरिएको थियो । ६. “महा शिवरात्री तथा सेना दिवस २०६९” उपलक्ष्यमा आयोजित सैनिक समारोहमा मित्रराष्ट्र भारतका अवकाश प्राप्त स्थल सेनाध्यक्ष तथा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित हुनु भएका भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु लगायत मित्रराष्ट्र भारत तथा श्रीलंकाबाटDirector General सहित NCC Cadet का छात्र तथा छात्राहरुको समेत उपस्थिति रहेको थियो । ७. कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिज्यूले नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही बार्षिक २०६९” को विमोचन गर्नु भएको थियो । साथै सम्माननीय राष्ट्रपतिज्यूले विदेशी पाहुनाहरुको खेलमा प्रथम हुनु हुने दक्षिण कोरियाका गैहृ आवासीय सैनिक सहचारी जोडी र स्वदेशी पाहुनाहरुको खेलमा प्रथम हुनु हुने अवकाश प्राप्त उपरथी श्री केशव राज महत एवं फ्रि फल जम्प तर्फ प्रथम हुने हुद्धा अर्जुन बहादुर खड्का र द्धितिय हुने प्रमुख सेनानी श्री धु्रव प्रकाश शाहलाई पुरस्कार समेत प्रदान गर्नु भएको छ । ८. “सेना दिवस २०६९” को अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले “पेशागत प्रतियोगिता २०६८” मा प्रथम हुने पदिक गण स्तर तर्फ श्री ईन्द्रध्वज गणलाई “प्रधानसेनापति व्यानर २०६८” प्रदान गर्नु भएको छ । आनाश्रित गुल्म स्तर तर्फ प्रथम हुने श्री गौरीबक्स गुल्म, हवाई सुरक्षा व्यट्रिस्तर तर्फ प्रथम हुने मध्य पृतना हवाई सुरक्षा व्याट्रि लगायत द्धितिय र तृतिय हुने अन्य गण, गुल्म तथा व्याट्रिहरुलाई समेत प्रधानसेनापतिबाट नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले “प्रधानसेनापति ट्रफि २०६९” मा प्रथम हुन सफल श्री मध्य पृतनालाई प्रधानसेनापति ट्रफिका साथै नगद पुरस्कार प्रदान गर्नु भएको छ । प्रकृति संरक्षण ट्रफि प्राप्त गर्ने गण तर्फ लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रहेको श्री अह्दिमन गण र गुल्म तर्फ रारा राष्ट्रिय निकुञ्च सुरक्षार्थ तैनाथ रहेको श्री समरजित गुल्मलाई समेत प्रधानसेनापतिले “प्रकृति संरक्षण ट्रफि” प्रदान गर्नु भएको थियो । ९. सोही अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मानार्थ उप सेनानी दर्जामा पदोन्नती हुनु भएका ५५ जनालाई दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । १०. उक्त कार्यक्रममा कार्यक्रममा सम्माननीय उप राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधीश, माननीय उप प्रधानमन्त्रीहरु, माननीय मन्त्रीहरु, मुख्य सचिव, रक्षा सचिव लगायत नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु तथा सैनिक सहचारीहरु, अन्य सुरक्षा निकायका विशिष्ट अतिथीहरु, विभिन्न मिडियाका सञ्चारकर्मी, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । ११. “महा शिवरात्री तथा सेना दिवस २०६९” को अवसरमा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री तथा श्री प्रधानसेनापतिज्यूले दिनु भएको शुभकामना सन्देशहरु यसै विज्ञप्ति साथ संलग्न गरिएको छ । १२. “सेना दिवस २०६९” को अवसरमा प्रधानसेनापति महारथी श्री राणाले आजै वीर स्मारक स्थल, छाउनीमा नेपाली सेनाका वीरगती प्राप्त सकल दर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।