मित्रराष्ट्र भारत तथा श्रीलंकाको NCC Cadet हरुको नेपाल भ्रमण

१. मित्रराष्ट्र भारतबाट NCC Cadet छात्र छात्रा ४ (छात्र २ र छात्रा २) र श्रीलंकाबाट Major General सहितको NCC Cadet छात्र छात्रा ४ (छात्र २ र छात्रा २) जना गरी जम्मा १२ जनाको टोलि महाशिवरात्री तथा सेना दिवस २०६९ मा आयोजित कार्यक्रममा सहभागी भएको छ । २. उक्त टोलिमा रहनु भएका श्रीलंकाका Major General श्री G B W Jayasundara RWP RSP ले आज मिति २०६९ फाल्गुन २७ गते बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापासंग जंगी अड्डामा शिष्टाचार भेट गर्नु भएको छ । यसै अवसरमा NCC Cadet का छात्र तथा छात्राहरुले समेत बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापासंग सामुहिक भेट गरेको छ । ३. Youth Exchange Programme अन्तर्गत मिति २०६९ फाल्गुन २२ गतेबाट नेपाल भ्रमणमा रहेको उक्त टोलि मिति २०६९ फाल्गुन ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । साथै उक्त टोलिको सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीसंग भेट गर्ने कार्यक्रम रहनुका साथै पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भुनाथको समेत भ्रमण गर्नेछ ।