पृतनापति सम्मेलन २०६९ को शुभारम्भ

१. आज मिति २०६९ चैत्र १ गतेबाट जंगी अड्डामा नेपाली सेनाको पृतनापति सम्मेलन २०६९ सुरु भएको छ । २. मिति २०६९ चैत्र २ गते सम्म सञ्चालन हुने पृतनापति सम्मेलन २०६९ को शुभारम्भ प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले गर्नु भएको थियो । उक्त कार्यक्रममा रक्षा सचिव श्री तिलकराम शर्माको समेत उपस्थिति रहेको थियो । ३. प्रत्येक वर्ष नियमित कार्यक्रम अनुसार सञ्चालन हुंदै आएको पृतनापति सम्मेलन यस वर्ष “सेना दिवस २०६९” को अवसरमा सञ्चालन गरिएको छ । यस वर्ष देखि नेपाली सेनाको वार्षिक सम्मेलनमा अवकाश प्राप्त उपरथी देखि महारथीहरु आमन्त्रित हुनु हुन्छ । ४. उक्त सम्मेलनमा पृतनापति लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको उपस्थिति रहेको छ ।