“अभ्यास शान्ति प्रयास-२” संचालन सम्बन्धमा

१. मिति २०६९/१२/१२ गते देखि मिति २०६९/१२/२५ गतेसम्म श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पांचखालमा Global Peace Operation Initiative (GPOI) अन्तर्गत “अभ्यास शान्ति प्रयास(२” संचालन हुन गईरहेको छ । क्षेत्रीय शान्ति तथा सुरक्षाको बढावा र विश्व शान्ति स्थापना गर्ने कार्यलाई अभिबृद्धि गर्ने उद्देश्य अनुरुप एसिया(प्रशान्त क्षेत्रमा यस प्रकृतिको अभ्यास संचालन गरिंदै आएको छ । “अभ्यास शान्ति प्रयास-२” सोही उद्देश्यको कडि स्वरुप नेपालमा संचालन हुन गई रहेको हो । २. G8 राष्ट्रहरुको पहलमा Global Peace Operation Initiative अन्तर्गत संचालन गरिंदै आएको यस अभ्यासले विभिन्न राष्ट्रहरुलाई तालिम, श्रोत र साधनहरु उपलब्ध गराई शान्ति स्थापना गर्ने क्षमता, सिप र अनुभवलाई अभिबृद्धि गर्ने कार्यमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ । ३. नेपाली सेनाको शान्ति स्थापना कार्यमा रहेको पाँच दशक लामो अनुभवबाट उक्त अभ्यासमा सम्मिलित मित्रराष्ट्रका सहभागि सैनिक टुकडीहरु लाभान्वित हुनुको साथै नेपाल एक प्रमुख Troops Contributing Country (TCC) रहेकोले नेपालमा यस प्रकारको अभ्यास संचालन गर्दा नेपाली सेनाको शान्ति स्थापना कार्य क्षमतामा अभिबृद्धि हुनुका साथै अन्य सम्मिलित राष्ट्रका सेना समेत लाभान्वित हुनेछन् । ४. यस अभ्यास मुख्यतया Staff Training Exercise (STAFFEX) र Field Training Exercise (FTX)मा केन्द्रित रही संचालन हुन गईरहेको छ । ५. Staff Training Exercise अन्तर्गत नेपाली सेना लगायत अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, क्यानडा, घाना, भारत, ईन्डोनेशिया, जापान, जोर्डन, काजाकिस्तान, मंगोलिया, मलेशिया, पाराग्वे, फिलिपिन्स, रुवाण्डा, दक्षिण कोरिया, श्रीलंका, ताजकिस्तान, थाईल्याण्ड, भियतनाम तथा संयुक्त राज्य अमेरिकाका सैनिक अधिकृतहरु सहभागी हुनेछन् । ६. Field Training अभ्यास अन्तर्गत बंगलादेश, कम्बोडिया, ईन्डोनेशिया, जापान, जोर्डन, काजाकिस्तान, मंगोलिया, पाराग्वे, फिलिपिन्स, रुवाण्डा तथा नेपालका सैनिक अधिकृतहरु सहभागी हुनेछन् । यस अभ्यासका क्रममा शान्ति स्थापनाको बखत गर्नुपर्ने मुख्य कार्यहरु जस्तै पट्रोलिङ्ग, चेक प्वाईन्ट र Convoy Operations संचालन गरिनेछ । यस अभ्यासले शान्ति स्थापना कार्यका एक आपसका अनुभवहरुलाई समेत आदान प्रदान गर्ने अपेक्षा राखिएको छ । ७. उक्त अभ्यासको संचालन अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट संचालन हुन गईरहेको छ ।