पृतनापति छलफल कार्यक्रम समापन

१. प्रत्येक वर्ष नियमित कार्यक्रम अनुसार सेना दिवसको अवसरमा संचालन हुंदै आएको पृतनापतिहरुको छलफल कार्यक्रम यस वर्ष मिति २०६९ चैत्र १ गतेबाट सुरु भएको पृतनापति सम्मेलन आज मिति २०६९ चैत्र ४ गते अपरान्ह जंगी अड्डामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले समापन गर्नु भएको छ । २. उक्त सम्मेलनमा पृतनापति लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।