संयुक्त राष्ट्रसंघका उप महासचिवबाट अधिकृत क्याडेट समायोजन आधार तालिमको अवलोकन

१. नेपालको तीन दिने भ्रमणका क्रममा रहनु भएका संयुक्त राष्ट्रसंघका उप महासचिव श्री जेफ्री फेल्टमनले आज मिति २०६९ चैत्र ७ गते नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा भ्रमण गर्नु भएको छ । २. उक्त भ्रमणका क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र उप महासचिव श्री जेफ्री फेल्टमनबीच संक्षिप्त भेटवार्ता भएको थियो । उक्त भेटवार्ताको दौरान उप महासचिवले “नेपाल र नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघीय मिशनहरुमा फौज पठाई पु¥याएको अतुलनिय योगदान प्रति धन्यबाद व्यक्त गर्दै भविष्यमा यसको निरन्तरताको अपेक्षा गर्नु भएको छ ।” विशेष गरी नेपाली सेनाले विगतदेखि वर्तमान अवस्थासम्म राज्यद्धारा सुम्पिएको जिम्मेवारीलाई गम्भिरतापूर्वक बहन गरी नेपाल र नेपालीप्रति पुर‍याएको प्रशंसनिय योगदान, नेपालको वर्तमान शान्ति प्रक्रियाको व्यवस्थापन तथा लडाकु समायोजनमा तटस्थ भुमिका निर्वाह गरी राज्य र जनताप्रति उत्तरदायित्व बोध गर्दै शान्ति प्रक्रियालाई सहज र सकारात्मक तवरले टुंङ्गोमा पु¥याउन नेपाली सेनाले खेलेको तटस्थ भुमिका र योगदानप्रति उप महासचिवले आभार व्यक्त गर्नु भएको थियो । ३. उक्त अवसरमा उप महासचिव श्री जेफ्री फेल्टमनलाई सैनिक प्रतिष्ठानका शिक्षाधिकृतले अधिकृत क्याडेट समायोजन आधार तालिमको विषयमा जानकारी गराउनु भएको थियो । साथै उप महासचिवले प्रतिष्ठानमा समायोजनमा तालिमरत अधिकृत क्याडेटहरुलाई भेट्न पाएकोमा खुशी प्रकट गर्दै तालिमका शिक्षार्थीहरुसंग गर्नु भएको प्रत्यक्ष भेटघाटका क्रममा तालिमरत शिक्षार्थीहरुलाई अन्य विकल्पहरु रहंदा रहंदै समायोजन रोज्नुका कारण र तालिमको अनुभवबारे जिज्ञासा राख्नु भएको थियो । तालिमरत समायोजनका शिक्षार्थीहरुले राष्ट्र र जनताको सेवा गर्ने अमूल्य अवसरको रुपमा सैनिक सेवा रहेको र तालिम अकल्पनिय रुपमा स्तरिय, सकारात्मक र ज्यादै सौहार्दपूर्ण वातावरणमा संचालन भईरहेको कुरा उप महासचिवलाई प्रतिउत्तरका क्रममा प्रतिक्रिया व्यक्त गरेका थिए ।