नेपाल भ्रमणमा रहनु भएका भारतीय सेनाकाVice Chief of Army Staff स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपाल भ्रमणमा रहनु भएका भारतीय सेनाका Vice Chief of Army Staff तथा गोरखा बाहिनीका President Lt Gen S K Singh. PVSM, UYSM, AVSM बीच मिति २०६९ चैत्र ६ गते अपरान्ह जंगी अड्डामा शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । २. दुई छिमेकी मित्रराष्ट्रका सेनाहरुबीच हुने यस प्रकारको भ्रमणले दुई छिमेकी देशबीच आपसी हित तथा परम्परादेखि चल्दै आईहरेको द्धिपक्षिय सैनिक सम्बन्ध अझ घनिष्ट र सुमधुर बनाउन मद्दत पुग्ने देखिन्छ । ३. उक्त भ्रमण टोलिले मिति २०६९ चैत्र ७ गते पोखरा स्थित भारतीय पेन्सन क्याम्पको समेत भ्रमण गरेकोे थियो । ४. मिति २०६९ चैत्र ६ गते देखि नेपाल भ्रमणमा रहेको Gen S K Singh सहितको चार सदस्यीय टोलि आज मिति २०६९ चैत्र ८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।