“महाशिवरात्री तथा सेना दिवस २०६९” को सन्दर्भमा भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरुबाट नेपाल–भारत सम्बन्धको प्रशंसा

१. “महाशिवरात्री तथा सेना दिवस २०६९” र नेपाली सेनाले २५० वर्ष पुरा गरेको अवसरमा विशेष कार्यक्रमका साथ मनाउने सन्दर्भमा नेपाली सेनाका मानार्थ महारथी पदबाट सुशोभित हुनु भएका भारतीय सेनाका अवकाश प्राप्त स्थल सेनाध्यक्षहरुलाई प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा निमन्त्रणा गरिएको थियो । २. नेपाली सेनाको निमन्त्रणालाई सहर्ष स्वीकार गरी भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु तीन जनाको श्रीमती सहित मिति २०६९ फाल्गुन २४ गते देखि मिति २०६९ फाल्गुन २९ गते सम्म उपस्थिति रहेको थियो । ३. अन्य आमन्त्रित भारतिय सेनाका पूर्व स्थल सेनाध्यक्षहरुले स्वास्थ्य स्थिति र अन्य कारणबाट उपस्थित हुन नसकेको जानकारी सहित नेपाली सेनाले नेपालको आन्तरिक र बाह्य खतराका विरुद्ध पु¥याएको योगदानको प्रशंसा र स्मरण गर्नुका साथै विश्व शान्तिमा पुर‍याएको योगदान र नेपाल–भारत सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै दिगो सम्बन्धलाई मजबुत पार्ने कुरामा विश्वस्त रहनु भएको कुरा व्यक्त गर्नु भएको छ । ४. उक्त समारोहमा भारतीय सेनाका अवकाश प्राप्त स्थल सेनाध्यक्षहरु मध्ये General Kotikalapudi Venkata Krishna Rao, PVSM, General P V Malik, PVSM, AVSM, General V K Singh PVSM, AVSM, YSM, ADC, General N C Vij PVSM, UYSM, AVSM ले आप्mनो असमर्थताको जानकारीको सन्दर्भमा उक्त कुराहरु प्रधानसेनापतिज्यू मार्फत जानकारी गराउनु भएको थियो ।