असामयिक निधन

१. मिति २०६७ भाद्र १३ गतेको बिहान ११३० बजे पोखरास्थित पश्चिम पृतना तालिम शिक्षालयमा सञ्चालित तालिममा सहभागी शिक्षार्थी गुल्म प्रबन्ध हुद्दा एक बहादुर गुरुङ्ग तालिमको दौरान लिइएको प्रवेश परिक्षा अन्तर्गत ५ कि.मि. दौडको क्रममा अचानक लडी बेहोस भएपछि तत्काल सोही पृतना अन्तर्गत रहेको मेडिकल गणमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ICU मा भर्ना गरिएकोमा निजको उपचारको क्रममा आज बिहान ८:४५ बजे दुखद निधन भएको छ । २. मृतक गुरुङ्गको शव आवश्यक कानूनी प्रकृया पूरा गरी मृतकका आफन्तलाई बुझाउने कार्य भइरहेको छ । ३. निधन हुनु भएका स्वर्गीय गुरुङ्गको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि नेपाली सेना श्री परमेश्वरसँग प्रार्थना गर्दछ । नदीले बगाएर एक सैनिक जवान बेपत्ता ४. यसैगरी मिति २०६७ भाद्र १४ गतेको बिहान ०८२० बजे नवलपरासी जिल्लाको कोल्हुवास्थित श्री संग्राम शार्दुल गुल्मको बागवान पोष्टबाट डिउटीको सिलसिलामा डुंगा प्रयोग गरी गुल्मतर्फ आउने क्रममा बाटोमा पर्ने नारायणी नदीमा अचानक डुंगा पल्टिन गई सो पोष्टका एकजना सिपाही हराइरहेका छन् । निजको खोजतलास तथा उद्धारको लागि उक्त गुल्म तथा त्रिबेणीस्थित श्री अह्रिदमन गणबाट खट्टिएको उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । उक्त डुंगामा सवार ४ जना सैनिक व्यक्तिहरु मध्ये ३ जना पौडिएर नदीबाट निस्कन सफल भएका थिए ।