प्रधानसेनापति र चीनका महामहिम राजदुतबीच भेटवार्ता

१. आज मिति २०६९ चैत्र ११ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदुत श्री Wu Chuntai बीच जंगी अड्डामा शिष्टाचार भेटघाट कार्यक्रम भएको छ । २. नेपालका लागि राजदुत नियुक्ति हुनु भएपछि महामहिम राजदुत र प्रधानसेनापति बीच भएको पहिलो भेटले दुई छिमेकी र सेनाहरुबीच रहंदै आएको सुमधुर परम्परागत सम्बन्ध अझ घनिष्ट र प्रगाढ हुने विश्वास लिईएको छ ।