सिनियर ट्रेनिङ्ग सेमिनार शुभारम्भ

१. आज मिति २०६९/१२/११ गते अभ्यास “शान्ति प्रयास-२” अन्तर्गत Senior Training Seminar (STS) को नेपाली सेनाका बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाले एक विशेष समारोह बीच जंगी अड्डा परिसरमा उद्घाटन गर्नु भयो । २. बलाध्यक्ष रथी श्री थापाले उद्घाटनको क्रममा यस सेमिनारबाट वरिष्ठ शान्ति स्थापकहरुलाई शान्ति स्थापना कार्यका विविध पक्षहरु सम्बन्धि समसामयिक र उच्चस्तरको तालिम प्रदान गरी विश्व शान्ति स्थापना गर्ने पहलतामा सहयोग पु¥याउन महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । ३. सेमिनारको दौरान संयुक्त राष्ट्र संघका पूर्व सैनिक सल्लाहकार अ.प्रा. रथी R.K. Mehta (भारतीय सेना) तथा UNMIS का पूर्व फोर्स कमाण्डर नेपाली सेनाका अ.प्रा. रथी पवन जंग थापाले पिस सपोर्ट अपरेशनका विविध पक्षहरु लगायत आप्mना अनुभवहरु समेत व्यक्त गर्नु भएको थियो । ४. मिति २०६९/१२/११ गतेदेखि मिति २०६९/१२/१३ गतेसम्म संचालन हुने यस सेमिनारमा शान्ति स्थापना सम्बन्धि माथिल्लो तहमा आईपर्ने समस्याहरु र त्यसको निवारणको लागी चाल्नु पर्ने कदमहरुको वारेमा छलफल हुनेछ । यस सेमिनारमा नेपाल, बंगलादेश, कम्वोडिया, ईन्डोनेसिया, मलेशिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, थाईल्याण्ड र भियतनाम गरी १० क्षेत्रिय शान्ति तालिम केन्द्रका केन्द्रपतिहरु लगायत ३० जनाको सहभागिता रहेको छ ।