सिनियर ट्रेनिङ्ग सेमिनार समापन

१. आज मिति २०६९ चैत्र १३ गते अभ्यास “शान्ति प्रयास–२” अन्तर्गत Senior Training conclude Seminar (STS) को नेपाली सेनाका सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.ब.रा.ले एक समारोहबीच जंगी अड्डा परिसरमा समापन गर्नु भयो । २. सैनिक विनय महानिर्देशक उपरथी श्री राणाले यस किसिमको सेमिनारमा सहभागीहरुले शान्ति स्थापना गर्ने क्रममा आईपर्ने विभिन्न समस्याहरुको निवारण गर्न सक्षम भई समग्र मिशन को प्रभावकारीता बढाउन सहयोग पुर‍याउने कुरामा विश्वास व्यक्त गर्नु भयो । साथै वहांले सेमिनारमा सम्मिलित वक्ताहरु, सहजकर्ता र सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो । ३. मिति २०६९ चैत्र ११ गते देखि संचालन भएको यस सेमिनारमा नेपाल, बंगलादेश, कम्बोडिया, ईन्डोनेसिया, मलेसिया, फिलिपिन्स, श्रीलंका, थाईल्याण्ड र भियतनाम गरी १० क्षेत्रिय शान्ति तालिम केन्द्रका केन्द्रपतिहरु लगायत ३० जना वरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो । ४. साथै नेपाली सेना USPACOM को संयुक्त आयोजनामा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पांचखालमा संचालन भईरहेको अभ्यास “शान्ति प्रयास–२” अन्तर्गत Field Training Exercise को आज मिति २०६९ चैत्र १३ गते USPACOM का Deputy Commander Lt. Gen. Thomas A. Conant ले निरिक्षण भ्रमण गर्नु भएको छ । अभ्यास “शान्ति प्रयास–२” को पुरै चरण मिति २०६९ चैत्र २७ गते समापन हुंदैछ ।