श्री नेपाली सैनिक प्रतिष्ठानमा दिक्षान्त समारोह सम्पन्न

१. आज मिति २०६९ चैत्र २२ गते खरिपाटी स्थित श्री नेपाली सैनिक प्रतिष्ठानमा तालिमरत सि.सं. ५१ अधिकृत क्याडेटहरुको शैक्षिक अध्यापन महाशाखातर्फ संचालन हुंदै आएको स्नातक तहको दिक्षान्त समारोह त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. श्री हिरा बहादुर महर्जनले सहभागी शिक्षार्थीहरुलाई ट्रान्सक्रिप्टको प्रमाण–पत्र प्रदान गर्नु भई सम्पन्न भएको छ । २. वि.सं.२०५३ सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भए पश्चात श्री नेपाली सैनिक प्रतिष्ठानमा तालिमरत युवक अधिकृत क्याडेटहरुलाई समाजशास्त्र र रणनीतिशास्त्र विषयको स्नातक तहको शैक्षिक अध्यापन संचालन हुंदै आएको छ । ३. श्री नेपाली सैनिक प्रतिष्ठानमा तालिमरत सि.सं. ५१ अधिकृत क्याडेट तालिममा सहभागी १०९ जना क्याडेटहरुमध्ये १०० जनाले पुरै विषयमा र ९ जना क्याडेटहरुले पहिले नै स्नातक तह उत्तिर्ण गरि सकेको हुंदा रणनीति शास्त्र १ विषयमा मात्र परिक्षामा सम्मिलित भएका थिए । ४. उक्त कार्यक्रममा सैनिक प्रातिष्ठानका शिक्षाधिकृत उपरथी श्री विनोज बस्न्यातले सहभागी शिक्षार्थीहरुलाई चारित्रिक प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । स्नातक तहको परिक्षामा अधिकृत क्याडेट आयुषमान आचार्य प्रथम हुनु भएको छ । ५. उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पदाधिकारीहरु, नेपाली सैनिक प्रतिष्ठानका निमित्त डिन प्रा.डा. श्री जितेन्द्रध्वज खाण, नेपाली सैनिक प्रतिष्ठानका प्राध्यापकहरु लगायत नेपाली सेनाको रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो