UNMIN प्रमुखद्वारा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुसंग भेट

१. आज मिती २०६७ भाद्र १४ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ र UNMIN प्रमुख तथा संयुक्त राष्ट्र संघका महासचिवका नेपालस्थित प्रतिनिधि क्यारिन ल्याण्डग्रेन बिच जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा भेटवार्ता सम्पन्न भयो । २. प्रारम्भमा UNMIN प्रमुख ल्याण्डग्रेनलाई स्वागत गर्नुहुंदै प्रधानसेनापति महारथी गुरुले नेपाल सयूंक्त राष्ट्र संघमा शान्ति सैनिक खटाउने मध्य एक प्रमुख शान्ति सेना प्रदायक राष्ट्र (Troop Contributing Country) भएको र नेपाली सेना सयुक्त राष्ट्र संघको तटस्थता र निष्पक्षता जस्ता आधारभुत सिद्धान्तहरु प्रति प्रचुर आदर र विश्वास राख्ने संस्था भएको बताउनु भयो । ३. भेटघाटको क्रममा नेपाली सेना र UNMIN का आपसी चासोका विषयहरुमा कुराकानी तथा छलफल भएको थियो ।