प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०६९ चैत्र २३ गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक भब्य समारोहकाबीच सहायक सेनानी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भयो । २. प्रधानसेनापतिबाट सि.सं.५१ अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट श्याम बहादुर अधिकारीलाई Sword of Honour र महिला अधिकृत क्याडेटमा सर्वात्कृष्ट हुने अधिकृत क्याडेट लिलामाया बस्नेतलाई ट्रफी र स्नातक तहको शैक्षिक अध्यापन तर्फ प्रथम हुने अधिकृत क्याडेट आयुषमान आचार्यलाई पुरस्कार प्रदान गर्नु भएको थियो । २४ महिना अवधिको उक्त तालिममा ८ जना महिला अधिकृत क्याडेट सहित १०९ जना अधिकृत क्याडेटहरु सहायक सेनानीको दर्जामा नियुक्ती भएका छन् । ३. सो अवसरमा प्रधानसेनापति महारथी श्री राणाद्धारा आयुक्त पद प्रदान कवाजमा सम्मिलित सम्पुर्ण अधिकृत क्याडेटहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनु हुंदै अधिकृत क्याडेटहरुद्धारा प्रदर्शन गरिएको कवाज निरिक्षण गर्नु भएको थियो । साथै नवनियुक्त अधिकृतहरुलाई सम्बोधन गर्नुहुंदै वहांले नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई अक्षुण राख्दै विशिष्ट पहिचान बनाउन सफल नेपाली सेना देश र जनताको धरोहरको रुपमा रहेको बताउनु भयो । साथै राष्ट्रमा आएको समय सापेक्ष लोकतान्त्रिक परिवर्तनहरुलाई आत्मसात् गरी आफ्नो अराजनैतिक चरित्र र व्यवसायिकतालाई कायम राख्दै आफुलाई सुम्पेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी उत्कृष्ट ढंङ्गले निर्वाह गर्दै आएको बताउनु भएको थियो । राष्ट्र र जनताको सर्वाेपरी हित र रक्षार्थ अहोरात्र रगत र पसिना बगाउन तयार यस संस्थाले मुलुकको सर्वाङ्गीण विकासमा पु¥याएको अनुकरणीय योगदान सर्वत्र प्रशंसनीय रहेको उल्लेख गर्नु भयो । सडक विस्तार तथा निर्माण, बन तथा वातावरण संरक्षण, परम्परा संस्कृति र सम्पदाहरुको जर्गेना, मानवीय सहयोग तथा विपद् व्यवस्थापन जस्ता सहायक कार्यहरु पनि नेपाली सेनाले जिम्मेवारीपूर्ण ढङ्गले सम्पादन गर्दै आएको कुरा समेत स्मरण गराउनु भयो । ४. सो अवसरमा प्रधानसेनापति श्री राणाले स्थापित उज्ज्वल परम्परा, ईमान्दारी, स्वाभिमान, अनुशासन, बफादार र पेशागत विशिष्टताको कारण अन्तर्राष्ट्रिय जगतमा समेत नेपाली सेनाको छवि उच्च रहेको यथार्थ हामी सामु रहेको कुरा उल्लेख गदै नेपाली सेनाले शान्ति स्थापना कार्यमा मित्रराष्ट्रका सैन्य संगठनहरुसंग हातेमालो गर्दै पु¥याएको योगदानलाई विश्व समुदायहरुले मुक्त कण्ठले प्रशंसा गर्ने गरेको कुरा उल्लेख गर्नु भएको थियो । साथै विदेशी सैनिकहरुलाई नेपाली सेनाको विभिन्न तालिमहरुमा सहभागी गराउनु र अन्तर्राष्ट्रिय स्तरका अभ्यास तथा सेमिनारहरु संचालन गराउनुले नेपाली सेनाले आफ्नो पेशागत क्षमता र दक्षता अन्तर्राष्ट्रिय सैन्य संगठन सरह बनाउनमा प्रयत्नशील रहेको कुरालाई प्रतिविम्बित गर्दछ भन्ने कुरा समेत उल्लेख गर्नु भएको थियो । ५. नवनियुक्त अधिकृतहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति राणाले तपाईहरुको कांधमा राष्ट्र र जनताको खातिर गहन जिम्मेवारी थपिएको र शान्ति र लडाईको समयमा तपाईहरुले प्रस्तुत गर्ने क्षमता यस तालिमको प्रतिफल रहेको उल्लेख गनु हुंदै सो अवसरमा यस तालिमलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउने सैनिक प्रतिष्ठानका सकल दर्जा एवं Faculty Memberहरुलाई धन्यबाद ज्ञापन गर्नुका साथै नेपाली सेना माफर्त राष्ट्रसेवामा आफ्ना सन्ततीलाई समर्पित गर्ने अभिभावकहरु प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । ६. सो समारोहमा रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकिृतहरु र अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, अवकाश प्राप्त रथीबृन्दहरु, नेपाली सेनाका अधिकृत तथा अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजनहरुको उपस्थिति रहेको थियो ।