श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अभ्यास “शान्ति प्रयास–२” को समापन कार्यक्रम सम्पन्न

१. आज मिति २०६९ चैत्र २५ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पांचखालमा अभ्यास “शान्ति प्रयास-२” को प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा एक विशेष समारोह बीच समापन गर्नु भएको छ । २. नेपाली सेना र संयुक्त राज्य अमेरिकाको United States Pacific Command (USPACOM) को संयुक्त संयोजकत्वमा Global Peace Operation Initative (GPOI) अन्तर्गत संचालित उक्त कार्यक्रम मिति २०६९ चैत्र १२ गतेबाट शुरु भई आज समापन भएको छ । ३. उक्त समापन कार्यक्रममा प्रधानसेनापति श्री राणाले वर्तमान बृहत परिप्रेक्ष्यमा शान्ति स्थापनामा सहभागी हुने शान्ति सैनिकहरु कार्य सम्पादन गर्न पेशेवर, घुलनशिल र दूरदर्शी क्षमताले परिपूर्ण हुनु पर्ने आवश्यकता औल्याउनु भयो । सोही उद्देश्य प्राप्तिका लागि संचालित यस तालिमले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि क्रियाशिल मित्रराष्ट्रहरुबीच दह्रिलो साझेदारी कायम गर्न र विभिन्न शान्ति स्थापना कार्यमा प्राप्त अनुभवहरुलाई एक आपसमा बांड्दै विश्व शान्ति स्थापना गर्न एवं एक आपसलाई अझ नजिक र प्रगाढ बनाउन यस अभ्यासले साझा मञ्च उपलब्ध गराएको उल्लेख गर्नु भयो । साथै यस अभ्यासले उच्च तहमा नीति निर्माण गर्न, स्टाफहरुको क्षमता अभिबृद्धि गर्न र जमिनमा गरिने ट्याक्टिकल र अप्रेशनल कार्यहरुबीच आपसी समन्वय र अन्तरक्रिशिल क्षमता अभिबृद्धि गर्न सहायक सिद्ध रहनुका साथै भविष्यमा शान्ति स्थापना कार्य सम्पादन गर्न आवश्यक ज्ञान र क्षमता अभिबृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस अन्तर्राष्ट्रिस्तरको संयुक्त अभ्यास सफलतापूवर्क सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्पुर्ण पक्षलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । ४. उक्त समापन कार्यक्रममा यस अभ्यासको नेपाली सेनाको तर्फबाट प्रमुख संयोजकत्वको रुपमा रहनु भएका बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाले समापन मन्तव्य दिने क्रममा यस अभ्यासले बहुराष्ट्रिय र बहुआयामिक शान्ति स्थापना कार्य सम्पन्न गर्न संलग्न मित्रराष्ट्रका सहभागी सैनिक सदस्यहरुको बहुआयामिक क्षमता अभिबृद्धि गर्न यस अभ्यासले महत्वपुर्ण योगदान पु¥याएको उल्लेख गर्नु भयो । ५. उक्त समापन कार्यक्रममा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत Peter W Bodde ले संयुक्त राष्ट्र संघको उद्देश्य प्राप्त गर्न र अन्तर्राष्ट्रिय जगतमा सम्पादन गर्दै आएको शान्ति स्थापना कार्यलाई अमेरिकी सरकारले आपसी स्वार्थ र विश्व शान्तिको लागि सदैव सकारात्मक भूमिका निर्वाह गर्ने कुरा उल्लेख गर्नु भयो । सो अवसरमा नेपाल र नेपाली सेनाले विश्व शान्ति स्थापनाका लागि विगत ५० वर्ष भन्दा अघिदेखि पु¥याउंदै आईरहेको सहयोग र शान्ति सेना खटाई योगदान दिने राष्ट्रहरुमा नेपाल अग्रणी स्थानमा रहेको बास्तविकतालाई मुक्तकण्ठले प्रशंसा गर्नु भयो । सो अवसरमा नेपाली शान्ति सेनाको क्षमता अभिबृद्धि गर्न र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भौतिक संरचना र सुविधा, तालिम र तालिम सामाग्रीको लागि संयुक्त राज्य अमेरिकाका तर्फबाट करिव १०.७ मिलियन डलर बराबरको सहयोगको घोषणा समेत गर्नु हुंदै यस तालिम सफलतापूर्वक संचालन गर्न योगदान पु¥याउने र आफ्ना सैनिकहरुलाई पठाई योगदान दिने सम्पुर्ण मित्रराष्ट्रहरुलाई समेत धन्यबाद दिनु भएको थियो । ६. अभ्यास “शान्ति प्रयास–२” माSenior Training Seminar (STS), Staff Exercise (STAFF EX) र Field Training Exercise (FTX) संचालन भएको थियो । जस अन्तर्गत नेपाल, बंगलादेश, श्रीलंका, मलेसिया, कम्बोडिया, ईन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवाण्डा, थाईल्याण्ड, घाना, जोर्डन, काजकिस्तान, ताजकिस्तान, पाराग्वे, अष्ट्रेलिया, क्यानाडा, भारत, दक्षिण कोरिया, बेलायत, भियतनाम र संयुक्त राज्य अमेरिका सहित २३ राष्ट्रहरुको सहभागिता रहेको थियो । अभ्यासमा श्रीलंका, बंगलादेश, कम्बोडिया, ईन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवाण्डा र पाराग्वेका १÷१ से.मु. र जोर्डन र काजकिस्तानको संयुक्त रुपमा १ से.मु. र नेपाली सेनाको तर्फबाट २ से.मु. गरी जम्मा १२ वटा से.मु.हरु फिल्ड ट्रेनिङ्ग अभ्यासमा सहभागी थिए । साथै क्भलष्यच त्चबष्लष्लन क्झष्लबच ९क्त्क्० मा विभिन्न राष्ट्रहरुको तर्फबाट २८ जना र स्टाफ एक्सरसाईजमा १०४ जना स्टाफ अधिकृतहरुको सहभागिता रहेका थियो । यस अभ्यासमा नेपाली सेनाको तर्फबाट ४१६ जना र विभिन्न मित्रराष्ट्रहरुबाट ४५५ जना गरी जम्मा ८७१ जना सैनिकहरुको सहभागिता रहेको थियो । ७. अभ्यास “शान्ति प्रयास–२” को समापन कार्यक्रममा सांगितिक व्याण्ड प्रदर्शन, हेलिकप्टरबाट झण्डोत्तोलन एवं सहभागीहरुलाई प्रधानसेनापतिज्यूबाट सम्झना स्वरुप उपहार प्रदान गर्ने कार्य सम्पन्न भएको थियो । ८. उक्त कार्यक्रममा रक्षा सचिव, विभिन्न मित्रराष्ट्रहरुका राजदुतहरु, नेपालबाट फोर्स कमाण्डरको रुपमा कार्य गरिसकेका पूर्व फोर्स कमाण्डरहरु,USPACOM का पदाधिकारीहरु, मित्रराष्ट्रका सैनिक सहचारीहरु, नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह लगायत महिला तथा सज्जनबृन्दहरुको उपस्थिति रहेको थियो ।