प्रधानसेनापतिबाट सगरमाथा आरोहण टोलिको Flag-off Ceremony सम्पन्न

१. नेपाली सेना र भारतीय सेनाको संयुक्त आयोजनामा संचालन हुन गईरहेको सगरमाथा आरोहण टोलीको Flag Off Ceremony आज जंगी अड्डा परिसरमा विशेष समारोहकाबीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले गर्नु भयो । २. उक्त Flag Off Ceremonyमा प्रधानसेनापति राणाले नेपालको राष्ट्रिय झण्डा, मित्रराष्ट्र भारतको झण्डा, नेपाली सेनाको झण्डा र भारतीय सेनाको झण्डा आरोहण टोलीका टोली प्रमुखहरुलाई हस्तान्तरण गर्दै आरोहणको सफलताको लागि शुभ–कामना व्यक्त गर्नु भयो । प्रथम पटक सगरमाथा आरोहण गरिएको ६० वर्ष पुरा भएको यस अवसरमा हुन लागेको सगरमाथा आरोहण र सगरमाथा सरसफाई अभियानले नेपाली र भारतीय सेनाबीच रहंदै आएको अत्यन्त गहिरो सैनिक सम्बन्धका अलावा यस प्रकृतिको साहसिक संयुक्त क्रियाकलापले एक नयां आयाम थप्ने विश्वास व्यक्त गर्नु भयो । साथै सो अवसरमा यस प्रकारको गतिविधिले दुवै सेनालाई अझ नजिक ल्याउने, साहस, चरित्र र नेतृत्व क्षमतामा समेत अभिबृद्धि गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । ३. ७० दिन अवधिको उक्त कार्यक्रममा नेपाली सेनाका तर्फबाट १४ सदस्यीय टोली र भारतीय सेनाका तर्फ २० सदस्य सहितको टोली सम्मिलित रहने छन् । उक्त टोली मिति २०६९ चैत्र २९ गते सगरमाथा वेश क्याम्प तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाका १२/१२ जनाले सगरमाथा आरोहण गर्ने छन् भने उक्त टोलीले सगरमाथा आधार शिविर र आरोहण मार्गमा रहेका फोहोरमैलाहरुको सरसफाई गर्ने र High Altitude Marathon (64km)दौडमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली सेनाका तर्फबाट पूर्व सगरमाथा आरोही सेनानी सुनिल सिंह राठोर टोली प्रमुखको रुपमा रहनु भएको छ भने भारतीय सेनाको तर्फबाट Maj Ranbir Singh Jamwal हुनु हुन्छ । ४. साथै यस प्रकारको Flag Off Ceremony कार्यक्रम भारतीय सेनाका स्थल सेनाध्यक्षGen Bikram Singh बाट April 3,2013 मा भारतको राजधानी नयां दिल्लीमा सम्पन्न भएको थियो । सो कार्यक्रममा नेपाली सेनाको तर्फबाट सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.ब.रा.को उपस्थिति रहेको थियो । ५. उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयका सचिव लगायत नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह र पर्वतारोहण संग सम्बन्धित महिला तथा सज्जनबृन्दको उपस्थिति रहेको थियो ।