“घोडेजात्रा २०६९” भव्यताका साथ सम्पत्र

१. आज मिति २०६९ चैत्र २८ गते टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको प्रमुख आतिथ्यमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुका साथ “घोडेजात्रा समारोह २०६९” भव्यताका साथ सु–सम्पन्न भयो । २. उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु जस्तै ट्रिकराईडर, टांगन र चार्जर घोडा दौड, स्वर्ड जम्प, शो जम्प, लान्स हिट प्याक, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड एप्पल, ड्रिल राईड, म्यूजिकल राइड, भल्टिङ्ग एक्सरसाईज, हर्ष बल, क्रस कन्ट्रि एण्ड फिक्स जम्प, हगेरियन पोष्ट, साईकल दौड र फायर जम्प प्रदर्शन गरिएको थियो । साथै उक्त समारोहमा प्रदर्शन गरिएको साईकल दौड खेल प्रथम पटक प्रदर्शन गरिएको थियो । ३. उक्त समारोहमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूबाट शो–जम्पमा प्रथम हुनु हुने घोडसवार जम. जगदिश घिसिङ्ग, द्धितिय हुन हुने घोडसवार प्र.सु. राजेन्द्र बहादुर बानियां तथा म्यूजिकल राइडमा प्रथम हुनु हुने घोडसवार सेनानी रवि के.सी. र द्धितिय हुनु हुने घोडसवार सह–सेनानी पवनकाजी के.सी.लाई पुरस्कार प्रदान गर्नु भएको थियो । ४. साथै प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले निम्न विधाहरुमा प्रथम र द्धितिय हुनु हुने घोडसवारहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । (क) पहिलो टाँगन घोडा दौड (१) प्रथम – सिपाही रामचन्द्र लामिछाने (२) द्धितिय – अमल्दार भरत घिमिरे (ख) दोस्रो टाँगन घोडा दौड (१) प्रथम – सयस विकास परियार (२) द्धितिय – सयस हिमध्वज मगर   (ग) नेपाल प्रहरीको चार्जर घोडा दौड (१) प्रथम – प्रहरी सहायक निरिक्षक सोम भुजेल (२) द्धितिय – प्रहरी जवान प्रेम बहादुर बस्नेत (घ) नेपाली सेनाको पहिलो चार्जर घोडा दौड (१) प्रथम – सिपाही राम बहादुर दाहाल (२) द्धितिय – सिपाही सविन कुमार पोखरेल (ङ) नेपाली सेनाको दोस्रो चार्जर घोडा दौड (१) प्रथम – सिपाही सन बहादुर तामाङ्ग (२) द्धितिय – सिपाही हस्तसिंह ठकुरी (च) नेपाली सेनाको तेस्रो चार्जर घोडा दौड (१) प्रथम – सिपाही दिनेश भण्डारी (२) द्धितिय – सिपाही बल बहादुर खड्का (छ) नेपाली सेनाको चौथो चार्जर घोडा दौड (१) प्रथम – सिपाही सिताराम घर्ती (२) द्धितिय – सिपाही उद्धव खतिवडा ५. कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय मन्त्रीपरिषद्का अध्यक्ष, का.मु. प्रधानन्यायाधीश, माननीय मन्त्रीहरु तथा पूर्व प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, महामहिम राजदुतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षकहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका अवकाश प्राप्त पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मी, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।