प्रधानसेनापति र नाईजेरियाका महामहिम राजदुतबीच भेटवार्ता

१. आज मिति २०७० बैशाख १३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग नेपालका लागि नाईजेरियाका गैह्र आवासिय महामहिम राजदुत Mr. Ndubuisi Victus Amakuले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । २. उक्त भेटघाटका क्रममा नेपाल र नाईजेरियाबीचको द्धिपक्षिय सम्बन्धका बारेमा छलफल भएको थियो । ३. नेपाल र नाईजेरियाबीच सन् १९७५ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । हाल नाईजेरियाका तीन जना अधिकृत क्याडेट नेपाली सैनिक प्रतिष्ठानमा तालिमरत रहेका छन् ।