प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरिक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.को मिति २०७० वैशाख २० गते देखि ऐ.को २४ गतेसम्म पश्चिम पृतना अन्तर्गत गण, गुल्म, वाहिनी, पृतना एवं शिक्षालयको निरिक्षण भ्रमणको क्रममा आज त्यस तर्फ प्रस्थान गर्नु भएको छ । उक्त कार्यक्रम अनुसार प्रधानसेनापतिबाट आज गोरखा स्थित भैरवीदल गण, लमजुङ्ग स्थित पशुपतिप्रसाद गण, तनहुँ स्थित नं. ३ वाहिनी अड्डा र कास्की स्थित श्री पश्चिम पृतना हे.क्वा.को निरिक्षण सम्पन्न गर्नुभयो । उक्त निरिक्षण भ्रमणका शिलशिलामा उक्त गण, वाहिनी तथा पृतनाहरुको जिम्मेवारी क्षेत्रमा तैनाथ फौजको तालिम, बन्दोबस्ती, हौसला एवं शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनु भएको थियो ।