प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरिक्षण भ्रमणको शिलशिलामा मुस्ताङको जोमसोमदेखि लेतेसम्म साईकलबाट यात्रा

१. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. आज मिति २०७० वैशाख २३ गते पश्चिम पृतना अन्तर्गत मुस्ताङ जिल्लामा रहेका यूनिटहरुको निरिक्षण भ्रमण सम्पन्न गरी फर्कने क्रममा जोमसोमदेखि लेतेसम्मको करिब २६ किलोमिटर दुरी साईकलद्धारा तय गर्नुभएको छ । सम्भवतः नेपालको उक्त क्षेत्रमा (समुन्द्र सतहबाट ६ हजार फिटभन्दा माथि) साईकलबाट यात्रा गर्ने उच्चस्तरीय सैनिक अधिकारीहरुको यो समुह नै पहिलो हो । यस साईकिलिङ कार्यक्रमले अन्नपुर्ण पदयात्रा मार्गमा जाने स्वदेशी तथा विदेशी पदयात्रीहरुलाई साईकिलिङ तर्फ आकर्षण गर्नु र वातावरणीयमैत्री पर्यटन प्रबद्र्धनमा टेवा पुर्या‍उने हेतुले सो साईकिलिङ कार्यक्रम सम्पन्न गरिएको हो ।