प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरिक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.को मिति २०७० वैशाख २२ गते पश्चिम पृतना अन्तर्गत मुस्ताङ जिल्लामा रहेको सैनिक उच्च शिखर शिक्षालयको निरिक्षण भ्रमण र त्यस शिक्षालयमा तालिमरत शिक्षार्थीहरुबाट प्रदर्शन गरिएको सैनिक कलाको अवलोकन गर्नुभयो । साथै सोही सिलसिलामा जोमसोमस्थित कालीदत्त गुल्मको निरिक्षण भ्रमण तथा जवानहरुलाई सम्बोधन गर्नुभयो । कैसाङ स्थित सैनिक उच्च शिखर शिक्षालय विदेशी सेनाका सैनिक अधिकृतहरुलाई समेत हिमाली क्षेत्रमा लडिने लडाइ तथा हिम श्रृंखलाहरुमा प्रयोग हुने सैनिक युद्धकला सम्बन्धि ज्ञान आर्जन गर्ने आकर्षक केन्द्रको रुपमा रहँदै आएको छ र विगतमा विभिन्न मित्रराष्ट्रका सैनिक अधिकृतहरुलाई तालिम समेत प्रदान गरिसकेको छ ।