प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.द्धारा पश्चिम पृतना अन्तर्गतका युनिटहरुको भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा. मिति २०७० वैशाख २० गते देखि ऐ.को २४ गतेसम्म पश्चिम पृतना अन्तर्गत वाहिनी, गण, गुल्म एवं शिक्षालयको निरिक्षण भ्रमण पश्चात आज काठमाडौ फिर्ता हुनु भएको छ । २. चार दिन लामो भ्रमणको दौरान प्रधानसेनापतिबाट गोरखास्थित भैरवीदल गण, लमजुङ्गस्थित पशुपतिप्रसाद गण, तनहुँस्थित नं. ३ वाहिनी अड्डा, कास्कीस्थित श्री पश्चिम पृतना हे.क्वा.को निरिक्षण सम्पन्न गर्नुभएको थियो । साथै उहांले मुस्ताङ जिल्लामा रहेको सैनिक उच्च शिखर शिक्षालय तथा जोमसोमस्थित कालीदत्त गुल्मको निरिक्षण भ्रमण तथा जवानहरुलाई सम्बोधन समेत गर्नुभएको थियो । सोही क्रममा उहांले सैनिक उच्च शिखर शिक्षालयमा तालिमरत शिक्षार्थीहरुद्धारा प्रदर्शन गरिएको सैनिककलाको अवलोकन गर्नुभएको थियो । उहांले लेतेमा अवस्थित गुल्मको निरिक्षणको क्रममा, जोमसोमदेखि लेतेसम्म करिब २६ किलोमिटरको दुरी साईकलद्धारा सम्पन्न गर्नुभएको थियो । स्मरण रहोस् नेपालको उक्त क्षेत्रमा (समुन्द्र सतहबाट ६ हजार फिटभन्दा माथि) साईकलबाट यात्रा गर्ने उच्चस्तरीय सैनिक अधिकारीहरुको यो समुह नै पहिलो थियो । ३. सोही बमोजिम आज मिति २०७० बैशाख २४ गते रुपन्देहीको सालझण्डीस्थित एकीकृत सैनिक तालिम केन्द्र, नं. २२ बाहिनी अड्डा अन्तर्गतका विभिन्न युनिटको निरिक्षण भ्रमण तथा उपस्थित सकल दर्जालाई सम्बोधन समेत गर्नु भएको थियो । निरिक्षण भ्रमणको क्रममा वहांले गण, वाहिनी तथा पृतनाहरुको जिम्मेवारी क्षेत्रमा तैनाथ फौजको तालिम, बन्दोबस्ती, हौसला एवं शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनु भएको थियो । साथै उक्त निरिक्षण भ्रमण पश्चात प्रधानसेनापति महारथी श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।