प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा.बाट विपत् व्यवस्थापनका समयमा सञ्चार व्यवस्था कायम राख्ने अभ्यासको निरिक्षण

१. आज मिति २०७० बैशाख २५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सिग्नल अभ्यास “अबिलम्ब मिलाप” को निरिक्षण गर्नुभएको छ । २. उक्त अभ्यास “अबिलम्ब मिलाप” प्राकृतिक विपत्को समयमा आम सञ्चार माध्यमहरु अवरुद्ध हुँदा उद्धारकार्य तथा विपत् व्यवस्थापनमा प्रभावकारीता तथा सहज वातावरण बनाउन र आम जनसमुदायहरुलाई सूचनासंगको पहुँच स्थापित गर्दै क्षतिको न्युनिकरण तथा उद्धारकार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले उक्त सिग्नल अभ्यास सञ्चालन गरिएको हो ।