नेपाली सेनाद्धारा घाईतेहरुको उद्धार

१. आज मिति २०७० जेष्ठ २ गतेको बिहान करिव ०८३२ बजे नेपाल एयरलाईन्सको जहाज जोमसोम विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटना हुंदा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय तथा कालीदत्त गुल्मबाट सेनानी रविजंग खड्काको कमाण्डमा करिव २०० को संख्यामा घटनास्थलमा तत्काल फौज परिचालन भई घाईतेहरुको उद्धार कार्यमा संलग्न भएको थियो । २. उद्धार कार्यमा संलग्न फौजसंग मेडिकल डक्टर तथा नर्सिङ्ग अर्दली समेत रहेको र उक्त मेडिकल टोलिद्धारा घाईतेहरुको प्राथमिक उपचार गरे पश्चात अवस्था हेरी विभिन्न स्थानमा थप उपचारको लागि पठाईएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।