प्रधानसेनापति श्री गौरव शम्शेर ज.ब.रा.बाट लघु चलचित्र प्रतियोगिता र सिपाही २०६९ का उत्कृष्ट चलचित्र तथा लेखकलाई पुरस्कार वितरण

१. आज मिति २०७० जेष्ठ २ गते नेपाली सेनाद्धारा आयोजित लघु चलचित्र प्रतियोगिता तथा “सिपाही २०६९” वार्षिक अंकका उत्कृष्ट लघु चलचित्र एवं लेखकहरुलाई जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले पुरस्कार वितरण गर्नु भयो । २. “नेपालीहरुको साझा शक्ति एवं सम्पत्ति–नेपाली सेना” शिर्षकमा आयोजना गरिएको उक्त लघु चलचित्र प्रतियोगितामा प्रथम हुने सुवास सिंह बस्न्यातको “२ किलो २ ईन्च”, द्धितिय हुने मुभी एण्ड मोर प्रा.लि. को "The Blood" र तृतिय हुने चन्द्रमान डंगोलको “वीर रक्षक” लाई क्रमश रु.१५००००, रु.१००००० र रु.५०००० नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा चौथो हुने डा. ओम विर सिंह बस्नेतको चलचित्र “गौरव” र पाचौं हुने हाईब एनिमेशन स्टुडियोको चलचित्र “बुलो खचि” लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.१०००० र प्रशंसा–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका अन्य १३ प्रतियोगिहरुलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो । यस प्रतियोगिता राष्ट्र प्रति जिम्मेवार र कर्तव्यनिष्ठ हुने सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्दै चलचित्र क्षेत्रमा अग्रसर स्थापित र नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई प्रोत्साहित गर्दै नेपालको कला, संस्कृति र पहिचानलाई स्थापित गर्न सहयोग पु¥याउने उद्देश्यले संचालन गरिएको हो । ३. सोही अवसरमा नेपाली सेनाको वार्षिक अंक “सिपाही २०६९” मा प्रकाशित लेखहरु मध्ये प्रथम हुने सेनानी रन्जित थापाको "Dynamics of Profesnalism,Leadership and Civil-Military Relation" द्धितिय हुने प्रमुख सेनानी भुवन खत्रीको “नेपाल भारत सिमानाको ऐतिहासिक, सैदान्तिक तथा प्राविधिक पक्षहरु र यी दुई देश बीच रहेको खुल्ला सिमानाबाट सिर्जिएका असरहरु” र तृतिय हुने महा सेनानी दिपक प्रसाद वास्तोलाको "Nepal Army in Disaster Management" शीर्षकका लेखहरुलाई शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार क्रमशः रु ३,०००,रु २,००० र रु १५०० प्रदान गरिएको थियो । ४. उक्त अवसरमा चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । सो समारोहमा जंगी अड्डाका रथीबृन्द, चलचित्रकर्मी कलाकार तथा श्रृष्टाहरु र विभिन्न संचारमाध्यमका संचारकर्मी महिला तथा सज्जनबृन्दको उपस्थिति रहेको थियो ।