नदीले बगाएर हराइरहेका सैनिकको शव फेला

१. मिति २०६७ भाद्र १४ गते नवलपरासी जिल्लाको कोल्हुवास्थित श्री संग्राम शार्दुल गुल्मको बागवान पोष्टबाट डिउटीको सिलसिलामा गुल्मतर्पm आउने क्रममा बाटोमा पर्ने नारायणी नदीमा अचानक डुंगा पल्टिदा हराइरहेका सिपाही केशुराज कोईरालाको शव उक्त गुल्म र त्रिवेणीस्थित अह्रिदमण गणबाट खट्टिएका उद्धार टोलीले हिजो मिति २०६७ भाद्र १७ गतेको २००० बजे चितवन जिल्लाको नर्सही गा.वि.स.६ मा पर्ने १२ नं. ठोक्करमा फेला परेको छ । २. निजको शवलाई आज बिहान नवलपरासी जिल्ला अस्पतालमा पोष्टमार्टम पश्चात आवश्यक कानुनी प्रकृया पुरा गरि मृतकका आफन्तलाई बुझाईएको छ । ३. कर्तव्यपालनाको सिलसिलामा निधन हुनु भएका स्वर्गीय कोईरालाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि नेपाली सेना श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।