नेपाल–भारतका सैनिकहरुको सगरमाथा आरोहण तथा सरसफाई अभियान समुहको पहिलो टोलिले सफतापूर्वक सगरमाथा आरोहण

१. विगत १ महिनादेखि सगरमाथा वेश क्याम्प र सो भन्दा माथि संयुक्त रुपमा रहेको नेपाल–भारत सगरमाथा आरोहण तथा सरसफाई टोलि मध्ये पहिलो टोलिले आज मिति २०७० जेष्ठ ५ गतेको ०९०० बजे सगरमाथाको सफल आरोहण गरेको छ । २. सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्ने आरोहीहरुमा नेपाली सेनाका तर्फबाट सेनानी समिर बस्नेत, सह सेनानी किशोर अधिकारी, गण प्रवन्ध हुद्धा ज्ञानेन्द्र लाउडारी र अमल्दार धिरेन्द्र शाही रहेका छन् । त्यसैगरी, भारतीय सेनाका तर्फबाट मेजर आर एस जमवाल, सुवेदार मिङ्गमार गुरुङ्ग, हवल्दार सुधिर सिंह, हवल्दार चतर सिंह र लान्स नायक सुकविर रहेका छन् । ३. उक्त आरोहण तथा सरसफाई अभियानको टोलिले विगत १ महिनादेखि सगरमाथा आधार शिविर र सो भन्दा माथि रहेका ठुलो परिमाणको फोहर–मैलाहरुलाई समेत सफाई गर्ने कार्य गरिरहेका छन् ।