शान्ति स्थापना कार्यार्थ मध्य पूर्वस्थित लेवनानमा एक नेपाली शान्ति सैनिकको शहादत

१. नेपालको परराष्ट्र नीतिलाई प्रवद्र्धन र विस्तार गर्न, नेपाल र नेपालीको चिनारीलाई विश्वसामु उजागर गर्न एवं विश्व शान्तिका खातिर विगत ६ दशकभन्दा अघिदेखि विश्वका विभिन्न द्धन्द्धग्रस्त क्षेत्रमा नेपाली सेना शान्ति सैनिकको रुपमा अविचलित कर्तव्य निर्वाह गर्दै आईरहेको छ । एक सैनिक जवान राष्ट्रले दिएको कठिन भन्दा कठिनतम आदेशलाई शिरोपर गर्दै मातृभूमि, आफ्ना परिवारजन तथा सहकर्मी मित्रहरुबाट टाढा रहंदै अन्जान अपरिचित र कठिन भौगोलिक र सुरक्षा परिस्थितिमा विश्व शान्ति स्थापनार्थ तैनाथ हुनु आफैंमा एक महत्वपूर्ण योगदान हो । विश्व शान्ति, भातृत्व र मानवमात्रको लागि कर्तव्यमा रहंदा शहादत प्राप्त गर्नु आफैंमा एक विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पुण्य कार्यमा समर्पित सैनिक जवानको यस बलिदानले हामी सबै नेपाली र नेपालको विश्व शान्तिप्रतिको अटुट समर्पणलाई उजागर गरेको छ । हालसम्म शान्ति स्थापनार्थ तैनाथ ५९ जना शान्ति सैनिकहरुले शहादत प्राप्त गरिसकेका छन् । २. यसै सिलशिलामा विगत दुई महिनादेखी मध्यपूर्वस्थित UNIFIL Mission, Lebanon मा श्री रणबम गण (शा.से.) ५३ औं डफ्फामा कार्यरत प्युठ दिपक था.म.ले कर्तव्य पालनका सिलशिलामा मिति २०७० जेष्ठ २ गते असामयिक मृत्यूवरण गर्नु भएको छ । शाहदत प्राप्त प्युठ दिपक था.म.को पार्थिव शरीरलाई आज कतार एयरलाईन्सबाट नेपाल ल्याई गौचरस्थित कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ अन्तिम श्रदाञ्जली दिने कार्य सम्पन्न भएको छ । सो अवसरमा नेपाली सेनाका रथीबृन्द, सेनानीबर्ग तथा अन्य सैनिक जवान एवं सम्बन्धितका परिवारजनका साथै नेपालस्थित ग्ल् स्थायी नियोगका प्रतिनिधि र रक्षा मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो । ३. यस दुःखद घडिमा सम्पुर्ण नेपाली सेनाको तर्फबाट मृत आत्माको चीरशान्ति र शोकसन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसंग प्रार्थना गर्दै समबेदना प्रकट गर्न चाहन्छ ।