नेपाली सेनाद्धारा बागमती तथा पशुपति क्षेत्र सरसफाई अभियानमा करिव एक हजार जनाको श्रमदान

१. आज मिति २०७० जेष्ठ ५ गते बागमती सफाई अभियानद्धारा आयोजना गरिएको बागमती सफाई अभियानको सहयोगार्थ नेपाली सेनाका विभिन्न पृतना, बाहिनी, निर्देशनालय, गण तथा गुल्महरुवाट करिव एक हजार जनाको संख्यामा सैनिक व्यक्तिहरु परिचालन गरी पशुपतिनाथ मन्दिर, गुहेश्वरी मन्दिर परिसर एवं बागमती नदीको (३ किलोमिटर क्षेत्र) को फोहोरहरुलाई व्यवस्थापन गरी सरसफाई कार्यलाई सहयोग प्रदान गरिएको छ ।