प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा “दोस्रो काठमाडौ बाईक महोत्सव २०१३” को उद्घाटन

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले ललितपुर साईक्लिङ्ग एसोसियसन एण्ड चेन ईङ्कद्धारा आयोजित दोस्रो काठमाडौ बाईक महोत्सव २०१३ को आज मिति २०७०÷२÷५ गते ज्ञानोदय इन्टरनेशनल आवासीय विद्यालय, खोकना, ललितपुरमा एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रधानसेनापति राणाले विद्यार्थीहरुलाई स्वास्थ्य र शारिरीक तन्दुरुस्तीको लागि साईक्ङ्गि र पर्यावरणलाई प्रदुषण हुनबाट जोगाउन यसको महत्व रहेको जानकारी दिनुहुँदै साइक्लिङ्ग महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।