प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भारतीय सेनाका Lt Gen Gyan Bhushan बीच शिष्टाचार भेटघाट सम्पन्न

१. आज मिति २०७० जेष्ठ ७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा संग भारतीय सेनाका Lt Gen Gyan Bhushan, PVSM, UYSM, AVSM, VSM, GOC-in-C, Western Command को नेतृत्वमा रहेको तीन सदस्यीय भ्रमण दलले जंगी अड्डामा शिष्टाचार भेट गरेको छ । २. मिति २०७० जेष्ठ ६ गते नेपाल भ्रमणको लागि आईपुगेको उक्त टोलिले नेपाली सेनाका महिला सैनिकहरुको व्यवस्थापन सम्बन्धि नीतिबारे जानकारी लिनुका साथै विभिन्न सैनिक शिक्षण संस्थाहरुको अवलोकन गरी मिति २०७० जेष्ठ ९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।