प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग मित्र राष्ट्र बेलायतको Royal College of Defence Studies (RCDS)का Air Commodore Steven Abbot बीच शिष्टाचार भेटघाट सम्पन्न

१. आज मिति २०७० जेष्ठ १० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा संग मित्र राष्ट्र बेलायतको Royal College of Defence Studies (RCDS) का Air Commodore Steven Abbot को नेतृत्वमा रहेको १७ सदस्यीय भ्रमण दलले जंगी अड्डामा शिष्टाचार भेट गरेका छन् । २. मिति २०७० जेष्ठ ६ गते नेपाल भ्रमणको लागि आईपुगेको उक्त टोलिले आजै श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पांचखालको भ्रमण सम्पन्न गरेको छ । साथै उक्त भ्रमणदल मिति २०७० जेष्ठ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।