प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को प्रथम वार्षिकोत्सवमा सरिक

१. मिति २०७० जेष्ठ १० गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनु भएको थियो । २. कार्यक्रमको दौरान संस्थान अन्तर्गत चिकित्साशास्त्र महाविद्यालयका कलेज प्राचार्य प्रा.स.र.डा. शिव बहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थानका कार्यकारी निर्देशक प्रा.स.र.डा. प्रकाशराज पाण्डेले संस्थानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ३. स्वास्थ्य सम्बन्धि उच्चस्तरिय जनशक्ति उत्पादन गरी स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग पु¥याउने तथा उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाका बहालवाला र अवकाश प्राप्त व्यक्तिका छोराछोरी र सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नु संस्थानको मुख्य उद्देश्य रहेको छ । नेपाली सेना र राष्ट्रलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मीको पेशागत दक्षतालाई अभिबृद्धि गरी राष्ट्रकै एक नमुना स्वास्थ्य शिक्षण संस्थानको रुपमा स्थापित गर्ने हेतुले मिति २०६९ जेष्ठ १० गते “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को समुद्घाटन सम्पन्न भएको थियो भने उक्त संस्थान श्री सैनिक कल्याणकारी कोषद्धारा संचालित रहेको छ । ४. समारोहलाई सम्बोधन गर्नुहुंदै प्रधानसेनापति श्री राणाले एक वर्षकै दौरानमा गैर–नाफमुलक “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” ले उत्साहजनक सफलता हांसिल गर्न सफल भएकोमा प्राध्यापकहरु तथा विद्यार्थीलाई धन्यबाद दिनुका साथै भविष्यमा यस संस्थाले स्वास्थ्यको क्षेत्रमा Center of Excellence को रुपमा आफुलाई खडा गर्नेमा विश्वास व्यक्त गर्नुभयो । ५. उक्त वार्षिकोत्सव समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, शिक्षाविद्, नेपाली सेनाका रथीबृन्दहरु, त्रि.वि.वि. लगायत स्वास्थ्य शिक्षा संस्थानका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, संचारकर्मी, स्थानिय व्यक्तित्वहरु लगायत संस्थानमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।