नेपाली सेनाद्धारा उद्धार

१. मिति २०६७ भाद्र १३ गते कालिकोट जिल्लाको धौलागाह गा.बि.स. वडा नं. ३ स्थित धौच्यावाडा पहिरो गई अड्किएका ३ वटा ठुला ढुंगाहरु नेपाली सेनाको टोलीले बिष्फोटन गराई सुरक्षित साथ हटाएको छ । २. मिति २०६७ श्रावण २१ गते परेको अविरल बर्षाको कारण पहिरो जाँदा ३ ओटा ढुँगाहरु उक्त गाउँको २०० मिटर माथि अड्किएकोले कुनै पनि समयमा खस्न सक्ने र उक्त गाउँमा रहेका ११० घरहरु रहेको पुरै गाउँ वस्तीलाई ठुलो क्षती पु¥याउने अवस्थामा रहेकोले सो बस्तीका सबै बासिन्दाहरु विस्थापित भएका थिए । त्यसपश्चात नेपाली सेनाको कालीकोटमा तैनाथ रणदल गुल्मबाट २ दिनको दुरीमा रहेको उक्त स्थानमा नेपाली सेनाबाट २० जना, नेपाल प्रहरीबाट २, सडक विभाग प्रतिनिधि १, बिष्फोटन कार्यसँग सम्वन्धित गैर सैनिक विज्ञ १ जना लगायत २४ जनाको समुह भाद्र ५ गते त्यसतर्पm प्रस्थान गरी स्थानविशेषको अवलोकन गरी फिर्ता भएको थियो । ३. त्यस पश्चात मिति २०६७ भाद्र ११ गते नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरबाट गृहमन्त्रालय र खानी तथा भुगर्व विभागको प्रतिनिधि, मध्यपश्चिमका क्षेत्रीय प्रशासक, कालीकोट जिल्लाका प्र.जि.अ.तथा नेपाली सेनाका ईञ्जिनियर निर्देशनालयका प्रतिनिधि टोलीे घटनास्थलमा पुगी विस्तृत निरिक्षण गरेका थिए । निरिक्षण पश्चात नेपाली सेनाबाट आवश्यक उपकरण र सामग्री सहितको विशेषज्ञ टोली ऐ. भाद्र १२ गते घटनास्थलमा पुगी आवश्यक कार्य शुरु गरेको थियो ।