नेपाली सेनाद्धारा उद्धार

१. आज मिति २०७० जेष्ठ १५ गतेको करिव ०८४५ बजे सिन्धुपाल्चोक जिल्लाको भोताङ्गबाट काठमाण्डौतर्फ आउंदै गरेको बा २ ख ३६४५ नम्बरको यात्रुवाहक बस थाङपालधापको फ्याफुल्लाडांडामा सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी घाईते भएका ४४ जना र मृत्यु भएका १५ जनाको सिन्धुपाल्चोक जिल्लास्थित भीमकाली गुल्मको तिपेनी सुरक्षा बेशबाट परिचालित फौजले प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य गरेको छ । २. दुर्घटनामा परी घाईते भएका ४४ जना र घाईतेका आफन्त ३ जनालाई नेपाली सेनाको MI-17 हेलिकप्टरद्धारा काठमाण्डौ ल्याईएको छ भने घाइतेहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृह मन्त्रालयले व्यवस्था गरेको एम्बुलेन्स र नेपाली सेनाको एम्बुलेन्सबाट उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर‍्याईएको छ ।