26th Annual International Military Operations and Law Conference मा सहभागी हुन बलाधिकृत रथी थाईल्याण्डको बैंकक प्रस्थान

१. मित्रराष्ट्र अमेरिकाको US Pacific Command द्धारा मित्रराष्ट्र थाईल्याण्डको बैंककमा आयोजना हुन लागेको26th Annual International Military Operations and Law Conference मा सहभागी हुनको लागि बलाधिकृत रथी श्री नेपाल भूषण चन्द मिति २०७० जेष्ठ १८ गते थाई एयरको फ्लाईटबाट बैंककतर्फ प्रस्थान गर्नु भएको छ । २. वहां मिति २०७० जेष्ठ १९ देखि मिति २०७० जेष्ठ २३ गते सम्म संचालन हुने उक्त कन्फरेन्समा सहभागी भई मिति २०७० असार १ गते (तदनुसार 15 June 2013) मा नेपाल फर्कने कार्यक्रम रहेको छ । ३. साथै वहांको विदाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरथी उपरथी श्री महेश विक्रम कार्कीले गर्नु भएको थियो ।