जंगी अड्डा परिसरमा अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

१. अन्तर्राष्ट्रिय वातावरण दिवसको उपलक्ष्यमा श्री सैनिक श्रीमती संघको संयोजनमा आज मिति २०७० जेष्ठ २२ गते जंगी अड्डा परिसरमा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.ब.रा., रथीबृन्द तथा सेनानी समुह लगायत श्रीमती संघका पदाधिकारीहरुले बृक्षारोपण गर्नु भयो । २. यस कार्यक्रम अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा समग्र सैनिक सदस्यहरुमा बृक्षारोपण तथा वातावरण संरक्षण सम्बन्धि सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको थियो । साथै उक्त कार्यक्रममा जंगी अड्डाको पेरिमिटर र परिसरमा कपुर, समी लगायतका विभिन्न जातका दर्जनौं विरुवाहरु रोपिएको थियो ।