भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहले मन्त्रिपरिषद्का अध्यक्ष तथा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भेटघाट सम्पन्न

१. आज मिति २०७० जेष्ठ २७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को निमन्त्रणामा पाल्नुभएका भारतीय सेनाका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल बिक्रम सिंह PVSM, UYSM, AVSM, SM, VSM, ADC ‘नेपाल–भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाई अभियान–२०१३’ को समापन (Flag in Ceremony) कार्यक्रमलाई संयुक्त रुपमा समापन गर्ने सिलसिलामा आज विहान नेपाल आई पुग्नु भएको छ । उक्त समारोहमा सरिक हुन आउनु भएका जनरल सिंहले मन्त्रिपरिषद्का अध्यक्षलाई वहांको कार्यकक्षमा आज अपरान्ह् शिष्टाचार भेटघाट गर्नु भएको छ । २. नेपाली सेनाका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग आज अपरान्ह जनरल सिहंले जंगी अड्डामा शिष्टाचार भेटघाट तथा छलफल गर्नु भएको छ । भेटघाटका क्रममा दुई देशका प्रधानसेनापतिबीच द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको थियो । साथै उक्त भेटघाटको क्रममा नेपाली सेनाको लागि आवश्यक पर्ने सैन्य सामाग्रीहरु उपलब्ध गराउने तथा आगामी चुनावमा सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षा सामाग्रीहरु उपलब्ध गराई सहयोग पु¥याउने प्रतिवद्धता भारतीय सेनाका सेनाध्यक्षले व्यक्त गर्नु भएको थियो । सो अवसरमा नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा गर्दै आएको तालिम तथा अभ्यासहरुलाई अझ विस्तार गर्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भएको थियो । जनरल सिंहको सम्मानमा नेपाली सेनाको सैनिक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो । ३. जनरल सिंहले आजै जंगी अड्डामा आयोजित ‘नेपाल–भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाई अभियान–२०१३’ को समापन (Flag in Ceremony) कार्यक्रममा सहभागी हुनु हुने कार्यक्रम रहेको छ ।