नेपाली सेनाद्धारा दार्चुलाको खलङ्गामा उद्धार कार्य

१. मिति २०७० जेष्ठ २ गते राती दार्चुला जिल्ला खलङ्गा गा.वि.स.का ४ र ५ मा महाकाली नदीमा आएको बाढीको प्रकोपमा परेकाहरुलाई नेपाली सेनाद्धारा उद्धार गरिएको छ । २. मिति २०७० जेष्ठ ३ गतेको बिहान ३ बजेबाट दार्चुलाको खलङ्गामा तैनाथ गुल्मबाट ८१ जनाको टुकडी खट्टिई उद्धार कार्य जारी राखेको छ । उक्त उद्धार टोलिले सदरमुकामस्थित जोखिममा परेका घरहरुबाट धनमाल तथा सामानहरु सुरक्षित स्थानमा सार्ने कार्य गर्नुका साथै सरकारी कार्यालय तथा अस्पतालबाट विरामी एवं बेडहरु लगायत औषधी र उपकरणहरु सुरक्षित स्थानमा स्थानान्तरण गरि सकेको छ । जिल्लास्थित टुंडिखेल, जिल्ला प्रहरी कार्यालय रहेको स्थान र जिल्ला बन कार्यालयमा समेत कटान भईरहेकोले उक्त कार्यालयहरुको महत्वपूर्ण सामान तथा कागजाद्हरु समेत सुरक्षित स्थानमा सारी सकेको छ । ३. केही दिन अघिदेखिको अविरल वर्षाका कारण मिति २०७० जेष्ठ २ गते राती करिव १२०५ बजेबाट दार्चुला जिल्लास्थित महाकाली नदीको पानीको सतह बढ्न गई नदी छेउमा पर्ने क्षेत्रहरु कटान हुंदै गईरहेको थियो । जिल्लाको खलङ्गा गा.वि.स. वडा नं.४ र ५ मा रहेका १२ वटा घर र ९ वटा टहराहरु लगायत जिल्ला अस्पतालको पोष्टमर्टम रुम समेत बाढीले क्षति पु¥याईसकेको र दर्जनौं घरहरु कटानको जोखिममा रहेका छन् । हाल खलङ्गस्थित गुल्मले जोखिममा परेका घरहरुबाट धनमाल तथा सामानहरु सुरक्षित स्थानमा सार्ने कार्य निरन्तर जारी राखेको छ । उक्त उद्धार कार्यको लागि नेपाली सेनाको १ हेलिकप्टर सुदुर पश्चिममा तयारी हालतमा रहेको र केन्द्रमा रहेको हेलिकप्टर तथा उद्धार कार्य गर्ने दक्ष जनशक्ति तयारी हालतमा रहेतापनि प्रतिकुल मौसमको कारणले हाल उक्त स्थानमा पठाउन कठिनाई परिरहेको छ ।