नेपाली सेनाद्धारा दार्चुलाको खलङ्गामा करिव १ लाख के.जी. धनमालको उद्धार

१. मिति २०७० आषाढ २ गते राती दार्चुला जिल्ला खलङ्गा गा.वि.स.का ४ र ५ मा महाकाली नदीमा आएको बाढीको प्रकोपमा परेकाहरुलाई नेपाली सेनाद्धारा उद्धार गर्ने कार्य निरन्तर जारी रहेको छ । २. मिति २०७० आषाढ ३ गतेको बिहान ३ बजेबाट दार्चुलाको खलङ्गामा तैनाथ गुल्मबाट ८१ जनाको टुकडी लगातार दुई दिन देखि खट्टिई उद्धार कार्यमा संलग्न रहेको छ । उक्त टोलिले करिव ३ सय परिवारको घरायसी सर–सामानहरु (फ्रिज, टि.भि., खाद्य बस्तु, भांडाकुडा, फर्निचरका सामानहरु, लत्ताकपडा) सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरेको छ । त्यसैगरी सरकारी कार्यालय, स्कुल, स्वास्थ्य चौकी र बन कार्यालयको फर्निचर तथा कागजाद्हरु सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी रहेको छ । विगत दुई दिनमा उद्धार कार्यमा खट्टिएको टोलिले करिव १ लाख के.जी. भन्दा बढी सामानहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरि सकेकोे छ । करिव ६७ घर टहराहरु पूर्ण रुपमा क्षति भई सकेको जानकारी प्राप्त भएको छ भने करिव ३ सय घर परिवारहरु विस्थापित भएका छन् । साथै उक्त बाढी कटानको प्रभावले करिव २५ सय जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । ३. उक्त उद्धार कार्यको लागि नेपाली सेनाको हेलिकप्टर १ वटा दिपायलमा तयारी हालतमा रहेको छ भने काठमाण्डौबाट १ वटा हेलिकप्टरबाट उद्धार सामाग्री तथा बर्दिया र कैलालीको टिकापूर, खैरीचन्दन भंङ्गालमा फसेका स्थानियहरुलाई उद्धार गर्न उद्धार उपकरणहरु सहित विशेष टोली त्यसतर्फ प्रस्थान गरेको छ । ४. त्यसैगरी कालीकोट जिल्लाको लालिबजार तथा जितेबजार ईलाकामा ५/६ वटा घरहरु खोलाले क्षती पु¥याएको जानकारी प्राप्त भएको छ । कालीकोटमा तैनाथ गुल्मबाट गएको उद्धार टोलीले स्थानिय बासिन्दा तथा निजहरुको चल सम्पत्तिहरु सुरक्षित स्थानमा स्थानान्तरण गरी सोही जिल्लाको सानीघाट ईलाकामा उद्धार कार्यको लागि गएको छ । ५. त्यसैगरी विगत केही दिन देखिको अविरल वर्षाको कारण हुम्ला जिल्लामा तैनाथ गुल्मले श्यामे ईलाकामा बाढीबाट प्रभावित स्थानिय बासिन्दाहरुलाई उद्धार गरेको छ ।